काठमाडौं । नेपाल आइडल सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले बलिया प्रतिद्वन्द्वीलाई पछि पार्दै विजेताको ताज आफ्नो नाममा लेखेकी हुन् ।
Advertisement 1
फाइनलमा सोनामले दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । नतिजाअनुसार पाँचौं स्थानमा मृनल मानन्धर, चौथो स्थानमा अभिनय खाती, तेस्रो स्थानमा दर्शना गान्धारी र दोस्रो स्थानमा बबिता थापामगर परेकी छन् ।

Advertisement 2
विजेता गंगा सोनामले २५ लाख रुपैयाँ नगदसहितको उपाधि जितिन् भने दोस्रो स्थान हासिल गर्ने बबिता थापामगरले १० लाख रुपैयाँ पाएकी छन् । त्यस्तै तेस्रो स्थानमा रहेकी दर्शना गान्धारीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
फाइनलमा उत्कृष्ट प्रस्तुति दिएकी गंगाले आफ्नो स्वर, प्रस्तुति र दर्शकको भोटमार्फत निर्णायक र श्रोतामाझ मन जितेकी हुन् । यसअघि नै विभिन्न अडिसन र राउण्डहरूमा उनले निरन्तर प्रभावशाली प्रस्तुति दिँदै विजेता बन्ने सम्भावनालाई बलियो बनाएकी थिइन् ।
Advertisement 3
नेपाल आइडल सिजन–६ को विजयी यात्रामा गंगा सोनामले पाएको सफलता उनले मात्र नभई सिन्धुपाल्चोकको गौरवका रूपमा समेत लिइएको छ । 🎶🏆



प्रतिक्रिया दिनुहोस्