थाईल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन चिनवात लीज म्याजस्टी मुद्दाबाट सफाइ
Advertisement 1

ब्याङ्कक — थाईल्यान्डका विवादास्पद अर्बपति तथा पूर्वप्रधानमन्त्री थाक्सिन चिनवातलाई राजसंस्थाको अपमान गरेको अभियोगमा अदालतले निर्दोष ठहर गरेको छ।
Advertisement 2
दश वर्षअघि दक्षिण कोरियाको एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा चिनवातले गरेको टिप्पणीका कारण उनीमाथि मुद्दा दर्ता भएको थियो। दोषी प्रमाणित भएको खण्डमा उनलाई १५ वर्षसम्म कैद सजाय हुन सक्थ्यो।
थाईल्यान्डको कठोर ‘लीज म्याजस्टी’ कानुनअनुसार राजसंस्था र राजपरिवारका सदस्यमाथि आलोचना वा अपमान गर्ने गतिविधि पूर्णतया निषेधित छ।
Advertisement 3
चिनवात करिब १५ वर्षको स्वघोषित निर्वासनपछि सन् २०२३ को अगस्टमा स्वदेश फर्किएका थिए। सन् २०१४ मा सेनाले शासनसत्ता कब्जा गरेपछि उनी देश छाड्न बाध्य भएका थिए।
सैन्य शासनकै समयमा, सन् २०१६ मा, उनीविरुद्ध उक्त मुद्दा दर्ता भएको थियो। तर उनी फर्किएलगत्तै गत वर्ष मुद्दा पुनः बिउँताइएको थियो।
थाक्सिन चिनवातमाथि यसअघि पनि भ्रष्टाचार र सत्ता दुरुपयोगका आरोप लाग्दै आएका छन्। तर पछिल्लो अदालतको निर्णयले उनलाई राजनीतिक रूपमा थप सहज हुने विश्लेषकहरूले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्