२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

राष्ट्रकै अग्रस्थानतर्फ रिलायन्स एकेडेमी, जिपिए ४ ल्याउनेको संख्या २० पुग्यो

१० महिना अगाडि

रिलायन्स इन्टरनेसनल एकेडेमीबाट जिपिए ४ ल्याउने २० जना, चारु चौलागाईंको नाम थपिएपछि संख्या पुग्यो २०

Advertisement 1

काठमाडौं, साउन १८ – कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले यस वर्षको एसईई परीक्षामा फेरि पनि उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै गौरवपूर्ण उपलब्धि हासिल गरेको छ। विद्यालयकी छात्रा चारु चौलागाईं ले जिपिए ४ प्राप्त गरेसँगै सो एकेडेमीबाट जिपिए ४ ल्याउने विद्यार्थीको संख्या २० पुगेको छ।

वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी १०२ जना विद्यार्थीमध्ये ३.६ देखि ४.०० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ९७ जना रहेको छ। त्यस्तै, ३.२ देखि ३.६ जिपिए बीचमा पर्ने विद्यार्थी ५ जना रहेका छन्। विद्यालयका प्रिन्सिपल खेमलाल भुसाल का अनुसार यो उपलब्धिले रिलायन्स एकेडेमीको शैक्षिक उत्कृष्टतालाई अझ मजबुत बनाएको छ।

विद्यालयले वि.सं. २०७० सालदेखि नै राष्ट्रिय कीर्तिमान बनाउने क्रममा निरन्तरता दिँदै आएको छ। विशेषगरी २०७५ सालमा संस्थागत विद्यालयतर्फ राष्ट्रमै सर्वोत्कृष्ट नतिजा ल्याएर नेपाल सरकारबाट पुरस्कृत समेत भइसकेको यो संस्था, शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउन सफल मानिन्छ।

Advertisement 3

यस वर्षको एसईई नतिजामा पनि रिलायन्स इन्टरनेसनल एकेडेमीले पुनः राष्ट्रकै अग्रस्थानमा उभिन सक्ने सम्भावना देखिएको छ। विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासनको समर्पण र परिश्रमले यो सफलताको यात्रा सम्भव भएको विद्यालयले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार