काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तेस्रोपटक पनि एमालेको अध्यक्ष केपी ओली नै हुने बताएका छन्।
Advertisement 1

‘विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय पार्टीले नै गरेको हो,’ उनले भने, ‘अब हुने ११औँ महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने पार्टीको धारणा छ। अहिलेको लागि नेकपा एमालेमा केपी ओलीको विकल्प छैन।’
Advertisement 2
‘पूर्वराष्ट्रपति राष्ट्रको साझा प्रतीक भएकाले उहाँलाई कुनै गुट वा कित्तामा बाँध्न खोज्नु गलत हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति व्यक्तिगत इच्छा र आकांक्षाबाट चल्ने व्यक्ति होइन, उहाँलाई विभाजित गर्ने र कित्तामा बाँड्ने काम गर्नु हुँदैन। उहाँ देशको अभिभावक हो। उहाँलाई हामीले शिरमा सजाउने हो, फेरि पार्टीमा राजनीतिमा फर्काउने होइन।’
हाल चलिरहेको एमालेको केन्द्रीय कमिटी बैठकमा अधिकांशले पूर्वराष्ट्रपति कुनै पार्टीको सदस्य बनेर, घेराभित्र पसेर राजनीति गर्ने व्यक्तित्व नभएको धारणा राखेको उनले बताए। बैठकमा तामाङले सामाजिक सञ्जालमा पार्टी र नेतृत्वबारे जथाभाबी लेख्नेलाई कारबाही गर्नुपर्ने मत राखेका थिए।
Advertisement 3
यस विषयमा उनले भने, ‘हो, पार्टीको दृष्टिकोण र निर्णयभन्दा बाहिर गएर प्रस्तुत हुने सदस्यहरूलाई निगरानीमा राख्नुपर्छ भनेको हो। हरेक ठाउँमा विधि हुन्छ, पार्टीमा पनि विधान र अनुशासन हुन्छ, जसको उल्लंघन गर्न पाइँदैन।’



प्रतिक्रिया दिनुहोस्