२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

इजरायल छाड्न चिनियाँ नागरिकलाई सरकारी निर्देशन

१२ महिना अगाडि

इजरायल–इरान द्वन्द्व चर्किँदै: चिनियाँ दूतावासद्वारा आफ्ना नागरिकलाई इजरायल छोड्न आग्रह

Advertisement 1

तेलअविव — इजरायल र इरानबीचको पछिल्ला सैन्य तनाव चुलिँदै जाँदा इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई सकेसम्म चाँडो इजरायल छाड्न आग्रह गरेको छ। हवाई क्षेत्र आंशिक रूपमा अवरुद्ध भइरहेकाले दूतावासले जोर्डन र इजिप्टसँगको सीमा नाका प्रयोग गरी सुरक्षित स्थानमा जान अपिल गरेको हो।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार, दूतावासले इजरायलमा रहेका सबै चिनियाँ नागरिकलाई स्वदेश फर्कन वा सुरक्षित मुलुकमा स्थानान्तरण हुन अनुरोध गर्दै आवश्यक सहयोगको व्यवस्था मिलाउने जनाएको छ। इजरायल र इरानबीच जारी हवाई आक्रमणहरूले सर्वसाधारण नागरिकहरूमा त्रास फैलिएको छ भने नागरिक सुविधाहरूमा पनि व्यापक क्षति पुगेको उल्लेख गरिएको छ।

यसबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई ‘तत्काल खाली गर्न’ सुझाव दिएका छन्। क्यानडामा जारी G7 शिखर सम्मेलनमा सहभागी हुन गएका ट्रम्प क्षेत्रीय संकटको गम्भीरतालाई लिएर एक दिनअगावै स्वदेश फर्कने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

इजरायलले इरानको आणविक तथा सैन्य संरचनामाथि लक्षित ठूला आक्रमण थालेपछि दुई मुलुकबीच भीषण हवाई द्वन्द्व चलिरहेको छ। स्थिति थप जटिल बन्दै गएपछि चिनियाँ दूतावासको चेतावनीले अन्तर्राष्ट्रिय समुदायको चासो बढाएको छ।

Advertisement 3

 

धेरै पढिएको

सम्बन्धित समाचार