२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

सरकारको निर्णयले खानेपानी उपभोक्तालाई राहत, अध्यक्ष ओलीले गरे स्वागत

३ दिन अगाडि

खानेपानी संस्थालाई २५ प्रतिशत आयकर छुट दिएकामा महासंघ अध्यक्ष ओलीद्वारा सरकारलाई धन्यवाद

Advertisement 1


काठमाडौँ । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली ले खानेपानी संस्थाहरूलाई २५ प्रतिशत आयकर छुट दिने सरकारको निर्णयको स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले खानेपानी संस्थाहरूलाई आयकरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सरकारप्रति आभार व्यक्त गरेका हुन्। उनले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावको कार्यान्वयनस्वरूप आएको उक्त निर्णयले देशभरका खानेपानी उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने बताएका छन्।
अध्यक्ष ओलीका अनुसार खानेपानी संस्थाहरूलाई कर छुट दिलाउन विभिन्न पक्षबाट पहल भएको थियो। विशेषगरी सुसान्त बौद्धिक ले यस विषयलाई प्रभावकारी रूपमा उठाएर महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
कर छुटको मागलाई लिएर अध्यक्ष ओलीसहित महासंघका पदाधिकारीहरूले अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेट गरी ध्यानाकर्षणसमेत गराएका थिए। महासंघले लामो समयदेखि खानेपानी संस्थाहरूलाई करको भारबाट राहत दिनुपर्ने माग गर्दै राज्यका नीति निर्माण तहका निकायहरूमा निरन्तर दबाब सिर्जना गर्दै आएको थियो।
सरकारको पछिल्लो निर्णयसँगै देशभर सञ्चालनमा रहेका साना शहरी खानेपानी संस्थाहरू र तिनका लाखौँ उपभोक्ता लाभान्वित हुने अपेक्षा गरिएको छ। महासंघले यस निर्णयलाई खानेपानी क्षेत्रको दिगो विकास तथा उपभोक्तामैत्री सेवाको विस्तारतर्फ महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार