२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

क्रिकेट प्रतिभा देखाउन तयार द सेलिब्रेसन, समूह ‘जी’ मा रोमाञ्चक प्रतिस्पर्धा हुँदै

४ दिन अगाडि

द सेलिब्रेसन सहशिक्षा विद्यालय’ पनि मैदानमा : जयकुमारनाथ शाह मेमोरियल यु–१६ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै

Advertisement 1


काठमाडौं । विद्यालयस्तरमै खेल प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ मा द सेलिब्रेसन सहशिक्षा विद्यालयले पनि सहभागिता जनाउने भएको छ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १९ गतेदेखि सुरु हुँदैछ।


२४ वटा विद्यालय सहभागी रहने प्रतियोगितामा द सेलिब्रेसन सहशिक्षा विद्यालय समूह ‘एच’ मा परेको छ। उक्त समूहमा नेपाल पुलिस स्कूल र पिक पोइन्ट एकेडेमी पनि रहेका छन्। विद्यालयले प्रतियोगितालाई विद्यार्थीहरूको खेल प्रतिभा, आत्मविश्वास र अनुशासन विकास गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।


विद्यालय प्रशासनका अनुसार क्रिकेट केवल खेल मात्र नभई नेतृत्व क्षमता, टिमवर्क र सकारात्मक सोच विकास गर्ने माध्यम पनि भएकाले विद्यार्थीहरूलाई यस्ता प्रतियोगितामा सहभागी गराउन विशेष प्राथमिकता दिइएको हो।
प्रतियोगिताका खेलहरू तल्लो मूलपानी, माथिल्लो मूलपानी तथा त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। सबै खेल टी–२० फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ दि म्याच’ अवार्डसहित आकर्षक उपहार प्रदान गरिनेछ।


विद्यालयले आफ्ना विद्यार्थीलाई पढाइसँगै खेलकुद, नेतृत्व र अतिरिक्त क्रियाकलापमा पनि सक्षम बनाउने लक्ष्यसहित निरन्तर प्रोत्साहन गर्दै आएको जनाएको छ। प्रतियोगितामा सहभागिताले विद्यार्थीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक वातावरण अनुभव गर्ने अवसर मिल्ने विद्यालयको विश्वास छ।

धेरै पढिएको

सम्बन्धित समाचार