२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

सुपथ मूल्य र गुणस्तरीय सेवाले चर्चामा ‘क्राउन एण्ड कर्लस’, ३ वर्ष पूरा

४ हप्ता अगाडि

सुपथ मूल्य र गुणस्तरीय सेवाले चर्चामा ‘क्राउन एण्ड कर्लस’, ३ वर्ष पूरा

Advertisement 1

 

भक्तपुर, वैशाख ७ । भक्तपुरको राधेराधे नजिकै स्थापना भएको ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ले सफलतापूर्वक तीन वर्ष पूरा गरेको अवसरमा मंगलबार विशेष कार्यक्रम गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। छोटो समयमै गुणस्तरीय सेवा, ग्राहकप्रतिको विश्वास र व्यावसायिक दक्षताका कारण सलोनले भक्तपुरसहित काठमाडौं उपत्यकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
विगत तीन वर्षदेखि सौन्दर्य सेवाको क्षेत्रमा सक्रिय रहेको यस युनिसेक्स सलोनले महिला तथा पुरुष दुवैका लागि आधुनिक र आकर्षक सेवा प्रदान गर्दै आएको छ। यहाँ हेयर कट, हेयर स्टाइलिङ, फेसियल, स्किन केयर, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर लगायतका सम्पूर्ण सौन्दर्य सेवाहरू सुपथ मूल्यमा उपलब्ध छन्।
सलोनमा कार्यरत कर्मचारीहरू दक्ष तथा तालीमप्राप्त रहेको सञ्चालक पक्षले जनाएको छ। ग्राहकको सन्तुष्टि, आराम र गुणस्तरीय सेवामा विशेष ध्यान दिँदै आएको कारणले नै छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको बताइएको छ।
सलोनका सञ्चालक राज कार्कीले तीन वर्ष पूरा हुनु आफ्नो लागि गौरवको विषय भएको बताउँदै ग्राहकहरूको माया, विश्वास र साथकै कारण यो सफलता सम्भव भएको प्रतिक्रिया दिए। उनले भने, “हामीले सुरुदेखि नै सुपथ मूल्यमा गुणस्तरीय सेवा दिने लक्ष्य लिएका थियौं। ग्राहकको विश्वासलाई नै सबैभन्दा ठूलो उपलब्धि मानेर काम गरिरहेका छौं। आज प्रतिष्ठित व्यक्तित्वहरू समेत सेवा लिन आउनु हाम्रो लागि थप प्रेरणाको विषय बनेको छ।”
उनले सौन्दर्य सेवा मात्र नभई युवायुवतीलाई सीपमूलक तालीम प्रदान गरेर आत्मनिर्भर बनाउने अभियानमा समेत ‘क्राउन एण्ड कर्लस’ सक्रिय रहेको बताए। उनका अनुसार सलोनले नियमित रूपमा ब्यूटी तथा हेयरसम्बन्धी तालीम सञ्चालन गर्दै आएको छ र यहाँबाट तालीम लिएका धेरै युवाहरू अहिले देशका विभिन्न स्थानमा सफलरूपमा कार्यरत छन्।
प्रविधिमैत्री सेवालाई प्राथमिकता दिँदै सलोनले QR कोडमार्फत सेवा बुकिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले आफूलाई उपयुक्त समय र सेवा छनोट गरेर सहज रूपमा अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको सञ्चालक कार्कीले जानकारी दिए।
तीन वर्षको यात्रामा ग्राहकको विश्वास, अनुभवी स्टाफ, आधुनिक सेवा र पारदर्शी व्यवस्थापनका कारण ‘क्राउन एण्ड कर्लस युनिसेक्स सलोन’ आज भक्तपुर मात्र नभई काठमाडौं उपत्यकाकै भरपर्दो सौन्दर्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार