सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको कार्यसमिति पूर्णत
Advertisement 1

सिन्धुपाल्चोक । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले खाली रहेका पदाधिकारीहरूमा मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ।
संघको हालै सम्पन्न बैठकबाट उपाध्यक्ष पदमा अम्बर श्रेष्ठ तथा सदस्य पदहरूमा क्रमशः प्रकाश न्यौपाने, लक्ष्मण नेपाल, सुजाता पराजुली, इस्तर बिसुन्खे र लवाङ तामाङलाई मनोनयन गरिएको हो।
मनोनयन कार्यक्रम नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका प्रतिनिधि सरोज बास्कोटा, सिनियर प्रशिक्षक सानुबाबु महर्जन, जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष रामचन्द्र कार्की, उपाध्यक्ष रमेश गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सदस्य तथा डोजाङ प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
नयाँ मनोनयनसँगै जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकको कार्यसमिति अब १५ सदस्यीय भएको छ। संघले नयाँ पदाधिकारी तथा सदस्यहरूको सक्रियताले जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
नव–मनोनीत सबै पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।



प्रतिक्रिया दिनुहोस्