वायु सेवा सञ्चालक सङ्घको २५औँ साधारण सभाबाट नयाँ कार्यसमिति गठन
अध्यक्ष प्रताप जंग पाण्डे, सचिवमा बालकृष्ण पण्डित निर्वाचित
Advertisement 1

काठमाडौं । वायु सेवा सञ्चालक सङ्घको २५औँ साधारण सभाबाट सङ्घको नयाँ कार्यसमिति गठन भएको छ। साधारण सभाले श्री प्रताप जंग पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको छ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा श्री निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा श्री सुभास सापकोटा र तृतीय उपाध्यक्षमा श्री उमेश पनेरु चयन हुनुभएको छ। महासचिवमा श्री मुरलीधर जोशी निर्वाचित हुनुभएको छ भने Air Dynasty Heli Service का बरिष्ठ प्रबन्ध निर्देशक श्री बालकृष्ण पण्डित सचिव पदमा निर्वाचित हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी श्री रुपेश जोशीले पाउनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा श्री रोम हर्ष श्रेष्ठ, श्री घनश्यामराज आचार्य, श्री उमेश आचार्य, श्री विनोद थापा, श्री प्रज्वल थापा, श्री मिलन महर्जन, श्री नोभेल कुमार राजलवट र श्री फुर्वा छिरिङ शेर्पा रहनुभएको छ।

नवनिर्वाचित पदाधिकारीहरू क्रमशः कैलाश हेलिकप्टर सर्भिसेस् लि., अल्टिच्यूट एयर प्रा.लि., यती एअरलाइन्स् लि., तार एअर प्रा.लि., सिम्रिक एयर लि., एयर डाइनाष्टि प्रा.लि., बुद्ध एयर प्रा.लि. लगायत प्रतिष्ठित वायु सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्दै आएका छन्। सदस्यहरू पनि बेसक्याम्प हेलिकप्टर, सीता एयर, सौर्य एयरलाइन्स, फिस्टेल एयर, गुण एयरलाइन्स, हिमालय एअरलाइन्स र प्रभु हेलिकप्टरसँग आबद्ध रहेका छन्।
नयाँ कार्यसमितिले हवाई सेवा क्षेत्रको सुरक्षा, व्यवसायिक सुदृढीकरण, नीतिगत सुधार तथा पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। साधारण सभामा सहभागीहरूले अध्यक्षसहित सचिव बालकृष्ण पण्डितलगायत सम्पूर्ण नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्