रिलायन्सले स्नातक तहका लागि सम्बन्धन प्राप्त, तीन हजार विद्यार्थीको सहभागितामा भव्य समारोह सम्पन्न
Advertisement 1

काठमाडौं :
रिलायन्स इन्टरनेशनल एकेडेमीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक तहका विभिन्न विषयमा सम्बन्धन प्राप्त गरेको छ। अब विद्यार्थीहरूले आफ्नै रोजाइका विषयमा स्नातक तहसम्मको गुणस्तरीय शिक्षा यही कलेजबाट प्राप्त गर्न सक्ने भएका छन्।
Advertisement 2
भव्य समारोहका बीचमा बोल्दै कलेजका प्रिन्सिपल रविन्द्रजंग थापाले रिलायन्सले बीसीए, बीएससीसिएसआइटी, बीबीए लगायतका विषयमा आधिकारिक सम्बन्धन प्राप्त गरिसकेको जानकारी दिनुभयो। अब तपाईंहरूले खोज्नुपर्ने, भौंतारिनुपर्ने वा अन्यत्र धाउनुपर्ने कुनै आवश्यकता छैन,” उहाँले भन्नुभयो, “रिलायन्समै तपाईंहरूको रोजाइका सबै विषय पढ्न सकिने वातावरण तयार भइसकेको छ।”

Advertisement 3
उहाँले रिलायन्सको उद्देश्य केवल डिग्री प्रदान गर्नु नभई विद्यार्थीहरूमा व्यवहारिक सीप, नेतृत्व क्षमता र आत्मविश्वास विकास गराउनु रहेको पनि बताउनुभयो।
“हामी विद्यार्थीलाई कक्षाकोठाभित्र मात्र सीमित राख्दैनौँ, उनीहरूलाई जीवनका हरेक क्षेत्रमा सक्षम बनाउने दिशामा काम गर्छौँ,” उहाँले थप गर्नुभयो।
कलेजले स्नातक तहका नयाँ कार्यक्रम घोषणा गर्दै शिक्षामा नवीनतम प्रविधि, अनुसन्धान र अन्तरक्रियात्मक सिकाइलाई मुख्य प्राथमिकता दिने जनाएको छ। थापाका अनुसार, नयाँ कोर्सहरू अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार तयार पारिएका छन्, जसले विद्यार्थीलाई रोजगार र उद्यमशीलता दुवै क्षेत्रमा सक्षम बनाउनेछ।
कार्यक्रमका क्रममा एजुकेशन समाचारका प्रधानसम्पादक महेश तिमल्सिनालाई विशेष सम्मान गरिएको थियो। नेपाली शैक्षिक पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै कलेजले उहाँलाई प्रशंसापत्र र दोसल्ला प्रदान गरेको हो।

त्यस्तै, रिलायन्समा अध्यापनरत प्राध्यापकहरूलाई पीएचडी उपाधि प्राप्त गरेको अवसरमा सम्मान गरिएको थियो। कलेजले शैक्षिक उत्कृष्टतामा योगदान पुर्याउने प्राध्यापकहरूलाई विशेष प्रशंसा गर्दै उनीहरूको प्रयासलाई प्रेरणाको स्रोतका रूपमा व्याख्या गरेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुतीहरू, नृत्य, गीत, र नाटक प्रस्तुत गरेका थिए। आफ्ना सिर्जनात्मक प्रतिभा र अनुशासन देखाउँदै विद्यार्थीहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।
कार्यक्रमको सञ्चालन इसीए को–अर्डिनेटर गोबिन्द ढकालले गर्नुभएको थियो। उहाँले रिलायन्सका विद्यार्थीहरू बहुआयामिक क्षमताका धनी भएको उल्लेख गर्दै भन्नुभयो, “हामी विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा जोड दिइरहेका छौँ, जसले उनीहरूलाई भविष्यमा प्रतिस्पर्धी बनाउँछ।”

कलेजका अनुसार, हाल रिलायन्स इन्टरनेशनल एकेडेमीमा देशका ७० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू अध्ययनरत छन्, जसले कलेजको राष्ट्रिय पहुँच र लोकप्रियता दर्शाउँछ। यस शैक्षिक वर्षमा मात्र कलेजमा करिब तीन हजार विद्यार्थीको सहभागिता रहेको र कार्यक्रम त्यसैको प्रतिबिम्बका रूपमा भव्यरूपमा सम्पन्न गरिएको हो।
रिलायन्स इन्टरनेशनल एकेडेमीले विगतका वर्षहरूमा पनि शैक्षिक उपलब्धि, सामाजिक योगदान र विद्यार्थी केन्द्रित कार्यक्रममार्फत आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। अब स्नातक तहसम्मको सम्बन्धन प्राप्त भएपछि कलेजले आगामी दिनमा देशका उत्कृष्ट शैक्षिक संस्थामध्ये आफूलाई स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्