श्री पलाती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औँ साधारण सभा र ६ औँ अधिबेशन सम्पन्न
Advertisement 1

बार्हबिसे, २०७५/०६/०६ – श्री पलाती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औँ साधारण सभा र ६ औँ अधिबेशन हालै सम्पन्न भएको छ। सभामा विभिन्न विषयमा छलफल गरिएको थियो भने आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
Advertisement 2

निर्बाचनको नतिजा अनुसार, अध्यक्षमा श्री रामकृष्ण बस्नेत, उपाध्यक्षमा जीवन रोक्का, सचीवमा रामशरण कार्की, सह-सचीवमा दीपक बस्नेत, कोषाध्यक्षमा सुदिप बस्नेत र लेखा समिति संयोजकमा पशुपति बस्नेत चयन भएका छन्। साथै कार्यसमितिका अन्य सदस्यहरू पनि चयन भए।
Advertisement 3
सभामा प्रमुख अतिथि बार्हबिसे नगरपालिका मेयर श्री बालकृष्ण बस्नेत रहनुभएको थियो। उहाँले सहकारी क्षेत्रको योगदान र समर्पित नेतृत्वको महत्वमा विशेष प्रकाश पार्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

नव निर्वाचित अध्यक्ष श्री रामकृष्ण बस्नेतले धन्यवाद ज्ञापन गर्दै सदस्यहरूलाई सहयोग र समर्पणको लागि आभार व्यक्त गर्नुभयो र सहकारी संस्थाको विकास र सदस्यहरूको हितका लागि कार्यशील रहिने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागी सदस्य तथा अतिथिहरूले सहकारी क्षेत्रको सामूहिक विकास र सदस्यहरूको आर्थिक सशक्तिकरणमा यस्तो पहल महत्वपूर्ण भएको भन्दै उत्साहजनक प्रतिक्रिया व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्