सडक दुर्घटनामा हाम्रो संलग्नता छैन : जेभियर एकेडेमी बेस्ट एलिमेन्टरी स्कुल
Advertisement 1

काठमाडौं । जेभियर एकेडेमी बेस्ट एलिमेन्टरी स्कुलले आफ्नो स्टिकर भएको माइक्रोभ्यानले दुई विद्यार्थीलाई ठक्कर दिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आधिकारिक स्पष्टिकरण सार्वजनिक गरेको छ।
Advertisement 2
विद्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनासँग विद्यालयको प्रत्यक्ष संलग्नता नभएको र मिडियामा संस्थाको नाम जोडिनु दुःखद भएको उल्लेख छ। शुभेच्छुकहरूले जानकारी गराएपछि मात्रै प्रशासनले घटना बारे थाहा पाएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार सो माइक्रोभ्यान विद्यालयद्वारा सञ्चालन गरिएको थिएन। यसअघि सह-सम्बद्ध संस्था जेभियर एकेडेमी बेस्ट मोंटेसोरी ले भाडामा लिएको भए पनि करिब एक महिना अघि नै सवारी फिर्ता गरिएको र त्यसपछि गाडी मालिककै जिम्मामा रहेको प्रष्ट पारिएको छ।
Advertisement 3
प्रधानाध्यापक सुष्मा लामाले भनिन्, “हामी लापरवाह चालकको कार्यको कडा निन्दा गर्दछौं र वास्तविक दोषीको पहिचानमा प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्नेछौं। विद्यालयले फिर्ता गरिसकेको सवारीमा हाम्रो स्टिकर प्रयोग हुनु भ्रामक र अस्वीकार्य छ।”
उनले थपिन्, “दुर्घटनाबाट प्रभावित विद्यार्थी र परिवारप्रति हामी गहिरो समवेदना प्रकट गर्दछौं। जेभियर एकेडेमी बेस्ट एलिमेन्टरी स्कुल पारदर्शिता र जवाफदेहितामा निरन्तर अडिग रहनेछ।”
विद्यालयले घटनाबाट उत्पन्न भ्रम चिर्दै भविष्यमा यस्ता असुविधा नदोहो¥याउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ।



प्रतिक्रिया दिनुहोस्