नेकपा एमाले बाह्रविसेमा विवाद चरममा, दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना
Advertisement 1

सिन्धुपाल्चोक — नेकपा एमाले बाह्रविसेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। यही विवादका कारण आज दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना गरेका छन्।
Advertisement 2
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ पक्षले बाह्रविसेको ग्राण्ड होटलमा भेला सम्पन्न गरेको छ। उक्त भेलामा पालिका अध्यक्ष ज्ञानेन्द्र राउत र सचिव राजकुमार सुवेदी लगायतका नेताहरूको सहभागिता रहेको थियो।

Advertisement 3
उता, प्रदेश कमिटी सदस्य निमफुञ्जो शेर्पा पक्षले भंगेरीमा कार्यक्रम आयोजना गरेको छ। सो भेलामा जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ, उपसचिव सुशिला पाख्रीन, शिवहरी सापकोटा लगायतका नेताहरू उपस्थित थिए।

दुवै पक्षबीच लामो समयदेखि देखिएको असहमति आज छुट्टाछुट्टै कार्यक्रममार्फत सतहमा आएको हो। यसले बाह्रविसेमा एमालेको संगठनात्मक एकतामा प्रश्न उठाएको भन्दै स्थानीय कार्यकर्ताहरू चिन्तित देखिएका छन्।



प्रतिक्रिया दिनुहोस्