आकाशदीप कलेजले तीज नृत्य प्रतियोगिता आयोजना गर्ने
Advertisement 1

काठमाडौं । आकाशदीप कलेजले आगामी भाद्र ९ गते, सोमबार तीज नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। कलेज प्राङ्गणमै आयोजना हुने उक्त प्रतियोगिता विशेषगरी विद्यार्थीहरूलाई लक्षित गरिएको कलेज प्रशासनले जनाएको छ।
Advertisement 2
कार्यक्रमबारे जानकारी दिँदै आकाशदीप कलेजका प्रिन्सिपल मदन सुवेदीले भने, “हामीले तीजलाई केवल महिलाको पर्वको रूपमा मात्र होइन, संस्कार, संस्कृति र कला अभिव्यक्तिको माध्यमका रूपमा पनि लिनुपर्छ भन्ने सोचका साथ यो प्रतियोगिता ल्याएका हौं। विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मात्र होइन, परम्परा र संस्कृतिसँग जोडिन पनि सक्नेछन्।”
उनका अनुसार प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तीजका पारम्परिक गीतमा नृत्य प्रस्तुत गर्नेछन्। “यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई मनोरञ्जनसँगै सामाजिक मूल्य र सांस्कृतिक चेतनाको पाठ सिकाउँछन्,” सुवेदीले थपे।
Advertisement 3
कलेजले विद्यार्थीहरूलाई व्यापक सहभागिताको लागि आह्वान गरेको छ। आयोजकहरूले तीज प्रतियोगिताले कलेजको शैक्षिक वातावरणमा उत्साह, उमंग र सांस्कृतिक एकताको संदेश दिने विश्वास लिएका छन्।



प्रतिक्रिया दिनुहोस्