सोलुखुम्बुको अनुभवी आरोही फुरतेन्जी शेर्पा एनएमए सदस्य पदका लागि मनोनयन
Advertisement 1

सोलुखुम्बु — माप्य दुधकोशी गाउँपालिका–१, बुम्बुरीका फुरतेन्जी शेर्पा आज, आगामी भदौ ८ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए)को सदस्य पदका लागि औपचारिक रूपमा मनोनयन गराएका छन्। २०१२ देखि भरिया र ट्रेकिङ गाइडको पेशामा संलग्न फुरतेन्जी हाल आरोहन पेशामा सक्रिय छन्।
Advertisement 2

उनले सगरमाथा दुईपटक आरोहणसहित ल्होत्चे, मकालु, मनासलु, हिमलुङ, अमाडब्लम लगायत दर्जनौँ ६००० मिटर माथिका हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेका छन्। उनी शेर्पा समाज माप्य दुधकोशीका संस्थापक सचिव र सगरमाथा आरोही संघका साधारण सदस्यसमेत हुन्।
Advertisement 3
फुरतेन्जी शेर्पाले तालिम र दक्षतामा पनि विशेष ध्यान दिएका छन्। उनीसँग ट्रेकिङ गाइड तालिम, बेसिक माउन्टेनियरिङ कोर्स, बेसिक माउन्टेन रेस्क्यु तालिम, हाई माउन्टेन रेस्क्यु तालिम, र लायजोन अफिसर तालिमको अनुभव छ। यी तालिमले उनलाई आरोहण र पर्यटन क्षेत्रमा सुरक्षित तथा व्यवस्थित कामको लागि सक्षम बनाएको छ।

उनले आफ्नो अभियानको मूल मन्त्र ‘सुरक्षित आरोहण, दिगो पर्यटन र हिमालको सम्मान’ लाई राख्दै यसरी प्रतिबद्धता व्यक्त गरेका छन्:
आरोही अधिकार र सुरक्षा: आरोहीहरूको जीवन बीमा, उचित पारिश्रमिक र विशेष कानुन निर्माण।
व्यवसायिक तालिम र प्रमाणिकरण: समयसापेक्ष आरोहण तालिम र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणपत्र प्रणाली लागू।
सुशासन र पारदर्शिता: हिमाली क्षेत्रमा अनावश्यक राजनीतिक हस्तक्षेपको अन्त्य र पर्यटन क्षेत्रको आम्दानी–खर्चको सार्वजनिक लेखा परीक्षण।
हिमाल र प्रकृतिको सम्मान: सरसफाइ, वातावरणीय संरक्षण र प्लास्टिक–फोहोरमुक्त हिमाल क्षेत्र निर्माण।
फुरतेन्जी शेर्पाले भन्नुभयो, “मेरो उद्देश्य केवल आरोहण मात्र होइन, संघलाई नयाँ उर्जा, सुरक्षित र व्यवस्थित पर्यटन, र हिमालको संरक्षणतर्फ अघि बढाउनु हो। मेरो उम्मेदवारीले संघलाई समृद्धि र विश्वासको नयाँ दिशा दिनेछ।”



प्रतिक्रिया दिनुहोस्