२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

पूर्वराष्ट्रपति भण्डारीको घोषणा : “म अघि बढिसकेँ, अब खुट्टा कमाउँदिनँ”

११ महिना अगाडि

पूर्वराष्ट्रपति भण्डारीको घोषणा : “म अघि बढिसकेँ, अब खुट्टा कमाउँदिनँ”

Advertisement 1

काठमाडौं, साउन ६ — पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको सार्वजनिक रूपमा घोषणा गरेकी छन्। काठमाडौंको भंगालस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अब पछाडि नफर्किने प्रष्ट पारिन्।

“म अघि बढिसकेँ, अब खुट्टा कमाउँदिनँ,” भण्डारीले स्पष्ट शब्दमा भनिन्। नेकपा एमालेका नेताहरूले समेत आफूलाई अघि बढ्न सुझाव दिएको उनले जानकारी दिइन्।

भण्डारीले राष्ट्रपतिमा जाँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सक्रिय राजनीतिमा फर्कने बारे कुरा भएको स्मरण गराइन्। “पार्टीकै निर्णयमा राष्ट्रपतिमा गएँ, अब फर्किएकोमा कुनै नैतिकता हराउँदैन,” उनले भनिन्।

Advertisement 3

साथै, उनले आफ्ना समर्थकहरूमाथि हुने डरधम्की र दबाबको पनि प्रतिवाद गरिन्। “कसैले पनि डरधम्की दिएर रोक्न खोजे स्वीकार्य हुँदैन,” उनले चेतावनी दिइन्।

भण्डारीले आगामी दिनमा राजनीतिक भूमिकामा अझ सक्रियता बढाउने संकेत समेत दिएकी छन्। एमालेभित्र अहिले महाधिवेशनको तयारी भइरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार