२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

‘सत्ता र सुविधा मात्रै चाहिनेहरूबाट देश बन्न सक्दैन’ — हरिकृष्ण गजुरेल

११ महिना अगाडि

यो व्यवस्थालाई जरैदेखि उखेल्नु पर्छ, किनकि यो जनताको हितमा छैन।”

Advertisement 1


नेपाल कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले हालको राजनीतिक व्यवस्थामाथि कडा आक्रोश पोख्दै यस्तो चेतावनी दिएका छन्।

हालै विभिन्न जिल्लाको भ्रमण तथा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा गजुरेलले वर्तमान राज्य व्यवस्था जनताको हितमा नभएको भन्दै यसलाई पूर्ण रूपमा बदल्नुपर्ने तर्क राखेका हुन्। उनले सत्तामा रहेका शक्तिहरूलाई जनताप्रति कुनै उत्तरदायित्व नभएको आरोप लगाउँदै भने, “यस्तो व्यवस्थाले जनताको मुहार फेर्न सक्दैन। बरु सत्ता र सम्पत्तिको खेलमा फसेका नेताहरूले देशलाई बन्धक बनाइरहेका छन्।”

उनले राजनीतिक संक्रमणकाल सकिएको भनिए पनि जनता फेरि निराश र अलमलमा परेको उल्लेख गरे। जनताको आधारभूत आवश्यकता, सम्मानजनक जीवनस्तर र समान अवसर सुनिश्चित नहुने व्यवस्थाबाट परिवर्तनको अपेक्षा गर्नु व्यर्थ भएको उनको ठहर छ।

गजुरेलले हालको संविधानलाई समेत जनमुखी नभएको बताउँदै भने, “यो संविधान लेखिँदाको मूल भावना जनताको होइन, सत्ताधारी दलहरूको सत्ता मिलेमतो हो। त्यसैले संविधानमा सुधारको कुरा गरेर जनताको समस्या हल हुनेवाला छैन। यो सम्पूर्ण व्यवस्था परिवर्तनको खाँचो छ।”

Advertisement 3

उनले जनताको जीवनमा परिवर्तन ल्याउनका लागि वैकल्पिक राजनीतिक बाटो अवलम्बन गर्नु नै पार्टीको प्राथमिकता रहेको बताए। “देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्था बदल्न सशक्त आन्दोलन र जनतामाझ गहिरो जागरण अपरिहार्य छ,” गजुरेलको भनाइ थियो।

गजुरेलले भ्रमणका क्रममा भेटिएका कार्यकर्ताहरूसँगको संवादमा अहिलेको राजनीतिलाई सत्ता, शक्ति र पैसाको खेलमा सीमित गरिएको आरोप समेत लगाए। “राजनीति सिद्धान्त र आदर्शको विषय हुनुपर्ने हो, तर अहिलेको राजनीति व्यापार र व्यवसायजस्तै भइसकेको छ। यस्तो राजनीति जनताले अब धान्नै हुँदैन,” उनले भने।

उनले आगामी दिनमा समाजवादी धारका सबै शक्तिहरूलाई एक ढिक्का बनाउने प्रयास पनि भइरहेको जानकारी दिँदै जनताको पक्षमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नतर्फ केन्द्रित हुने बताए।

 

धेरै पढिएको

सम्बन्धित समाचार