भोजपुरको धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव धरान परीक्षणका लागि पठाइयो
Advertisement 1

भोजपुर — भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फरेन्सिक परीक्षणका लागि धरान पठाइएको छ।
शुक्रबार राति भएको हत्याको घटनापछि आइतबार जिल्ला अस्पताल भोजपुरमा ल्याइएका शवहरूलाई फरेन्सिक परीक्षण उपकरणको अभावका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
Advertisement 2
घटनामा भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया पत्नी मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
हत्यापछि राजेन्द्र राई आफैँ पनि घाइते अवस्थामा फेला परेका थिए। हाल उनी धरानमै उपचाररत छन्।
Advertisement 3
मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव धरान लैजानुपर्ने खर्च जुटाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सहयोग सङ्कलन गरेको थियो। सङ्कलित रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
यस दर्दनाक घटनाले गाउँमा त्रास फैलिएको छ भने घटनाको अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्