२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

DLA अन्तर्गतको चुनावमा अध्यक्ष पदमा सुबोधबाबू चिलुवालको उम्मेदवारी

११ महिना अगाडि

काठमाडौँ बारको अध्यक्ष पदमा अधिवक्ता सुबोधबाबू चिलुवालको उम्मेदवारी, २० वर्षे कानुनी अनुभवसहित चुनावी मैदानमा

Advertisement 1

काठमाडौं, असार १९ — काठमाडौँ बार एशोसिएसनको डिएले (DLA) अन्तर्गतको आन्तरिक चुनावी प्रतिस्पर्धामा अधिवक्ता सुबोध बाबू चिलवाल अध्यक्ष पदका उम्मेदवार बन्नु भएको छ। लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय रहँदै आउनुभएका चिलुवालले दुई दशकको निरन्तर वकालत अनुभवका साथ नेतृत्वमा उम्मेदवारी दिनुभएको हो।

लमजुङ जिल्लाका स्थायी बासिन्दा रहेका चिलवाल हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ। उहाँले संवैधानिक तथा वाणिज्य कानुनमा स्नातकोत्तर (एलएलएम) तहको शैक्षिक योग्यता हासिल गर्नुभएको छ।

काठमाडौँ बारको पूर्व उपाध्यक्षको रूपमा काम गरिसक्नुभएका चिलुवाल केही समयका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो। यस क्रममा उहाँले संस्थाको नेतृत्व, नीतिगत व्यवस्थापन र अधिवक्ताको हकहितका सवालमा सक्रिय भूमिका खेल्नुभएको थियो।
अध्यक्ष पदका उम्मेदवार चिलुवालले आफ्नो उम्मेदवारीको घोषणा गर्दै भन्नुभयो, “बार संस्थाको मजबुत नेतृत्व, अधिवक्ताको पेशागत सम्मान र न्यायिक क्षेत्रको सुधार हाम्रो अभियानको केन्द्रमा हुनेछ। मैले प्राप्त गरेको अनुभव, सीप र नेतृत्व क्षमताको भरमा अब यो जिम्मेवारी बहन गर्न तत्पर छु।”

Advertisement 3

अधिवक्ता चिलुवालको उम्मेदवारीसँगै काठमाडौँ बारको नेतृत्व प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। अनुभवी, अध्ययनशील र व्यावसायिक मर्यादामा विश्वास राख्ने चिलवालप्रति अधिवक्ता समुदायभित्र सकारात्मक प्रतिक्रिया देखिएको छ।

अध्यक्ष पदको चुनाव अब बारका सदस्यहरूको विश्वास, अनुभवको मूल्यांकन र आगामी नेतृत्वदायी दृष्टिकोणले निर्धारण गर्नेछ।

धेरै पढिएको

सम्बन्धित समाचार