२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

इजरायलले मलाई दुखी बनायो: ट्रम्प

११ महिना अगाडि

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलप्रति आफू ‘खुसी नरहेको’ बताएका छन् । हेगमा हुने नेटो शिखर सम्मेलनतर्फ जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त कुरा बताएका हुन् ।

Advertisement 1

ट्रम्पले भने, ‘मलाई लाग्छ युद्धविराम सुरु भएपछि पनि एउटा रकेट प्रहार गरिएको थियो र अब इजरायलले थप आक्रमण गर्ने छैन । यीनीहरूले शान्त रहन जरुरी छ ।’ युद्धविरामको प्रसंग उठाउँदै उनले भने, ‘सम्झौता भइसकेपछि तुरुन्तै इजरायलले आक्रमण गर्नु मलाई बिलकुल मन परेन । उनीहरूले त्यो आक्रमण गर्न आवश्यक थिएन ।’

साथै, ट्रम्पले इजरायललाई इरानमाथिको आक्रमण रोक्न आग्रह गरेका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै उनले लेखेका छन्, ‘इजरायल, बम नखसाल । यो गम्भीर उल्लंघन हुनेछ । आफ्ना पाइलटहरूलाई तुरुन्तै घर फर्काउ ।’

यसअघि ट्रम्पले इरान र इजरायलबीच युद्धविराम भएको घोषणा गरेका थिए । मंगलबार बिहानदेखि युद्धविराम लागू भइसकेको छ । तर, इजरायली सेनाले इरानले युद्धविराम सम्झौताको उल्लंघन गरेको दाबी गरेको छ । यद्यपि इरानले ती आरोपहरू अस्वीकार गरेको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार