इजरायलले सोमबार बिहान इरानको पश्चिमी सहर केरमानशाहमा रहेको सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ।
Advertisement 1

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)का अनुसार इजरायलले तेहरानको दक्षिण–पूर्वमा रहेको ठूलो सैन्य कम्प्लेक्स पारचिनमा हवाई हमला गरेको हो। आक्रमण इरानका सैन्य पूर्वाधारहरू नष्ट गर्ने उद्देश्यले गरिएको आईडीएफले जनाएको छ।
Advertisement 2
सोही दिन इरानले पनि इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। जसलाई इजरायली हवाई सुरक्षा प्रणालीले मार्गमै रोक्न सफल भएको थियो। छिल्लो समय इरान–इजरायल बीचको तनाव थप चर्किएको छ।



प्रतिक्रिया दिनुहोस्