२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

अखिलको अध्यक्षमा कडरिया विजयी

१२ महिना अगाडि
नेकपा(एमाले) निकट बिद्यार्थी संगगठन अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया झिनो मतान्तरले विजयी भएका छन्। अर्का प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले हराएर उनी विजयी भएका हुन्। कडरियाले ७३२ मत पाएकोमा पौडेलले ७२५ मत पाएका छन्।

Advertisement 1

त्यस्तै, उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना सिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी, सचिवमा आकास घर्ती, ई रचना सापकोटा, समिमबाबु खान  र गोपाल नेपाल निर्वाचित भएका छन्।

आयोगका अध्यक्षहरूमा प्रकाश विष्ट, अन्जली लम्साल, सुमन घिमिरे र जित प्रसाद सिटौला निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गरी निर्वाचन  गरिएको हो।

धेरै पढिएको

सम्बन्धित समाचार