२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

विद्यालय सुधारका लागि पालिकाको सर्वपक्षीय अनुगमन अभियान सम्पन्न

१ वर्ष अगाडि

पाँचपोखरी थाङपाल गाउँपालिकामा सामुदायिक विद्यालयहरूको समग्र अनुगमन सम्पन्न
शिक्षामा गुणस्तर अभिवृद्धिका लागि पालिकाको सक्रिय पहल

Advertisement 1

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल — पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयहरूको समग्र अनुगमन कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। गाउँपालिका अध्यक्ष टासी लामाको नेतृत्वमा सामाजिक विकास समिति संयोजक काले गोले, पालिका प्रशासन, शिक्षा शाखा तथा शिक्षा समितिका प्रतिनिधिहरू सम्मिलित टोलीले विद्यालयहरूको भौतिक, शैक्षिक र प्रशासनिक पक्षको प्रत्यक्ष अवलोकन गरेको हो।

अनुगमनको क्रममा केही विद्यालयमा अवलम्बन गरिएको असल अभ्यासहरू प्रेरणादायी देखिए पनि, बहुसंख्यक विद्यालयमा तत्काल समाधान गर्नु पर्ने विविध समस्याहरू पनि उजागर भएका छन्।

Advertisement 3

मुख्य समस्याहरू र पहिचान
टोलीले अनुगमनका क्रममा कक्षा व्यवस्थापनमा देखिएको अव्यवस्था, सुरक्षित र स्वच्छ खानेपानीको अभाव, विद्यालय परिसरको घेराबार नहुनु, प्रयाप्त शौचालयको अभाव, कक्षाकोठाको न्यूनता, खेलकुद सामग्रीको कमी, खेल प्रशिक्षकको अभाव, शिक्षक तालिमको अपुगता र दरबन्दी मिलानको चुनौतीलगायतका समस्याहरू प्राथमिक रूपमा पहिचान गरेको छ।

समाधानका लागि पालिकाको प्रतिबद्धता
गाउँपालिका अध्यक्ष टासी लामाले विद्यालयहरूको अवस्थालाई गम्भीरतापूर्वक लिँदै आवश्यक सुधारका लागि तत्काल र दीर्घकालीन योजना अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए। “सामुदायिक विद्यालयलाई प्रभावकारी बनाउन पालिका पूर्ण जिम्मेवार ढंगले लाग्नेछ। आवश्यक स्थानमा पुनरावलोकन र परिवर्तन पनि गरिनेछ,” अध्यक्ष लामाले बताए।

पालिका स्रोत अनुसार, यी समस्या समाधानका लागि समन्वयात्मक ढंगमा आवधिक कार्य योजना निर्माण गरी कार्यान्वयन गरिनेछ।

अनुगमनमा सौहार्दपूर्ण सहभागिता
अनुगमनको सम्पूर्ण प्रक्रिया मैत्रीपूर्ण, सकारात्मक र सहयोगी वातावरणमा सम्पन्न भएको छ। यस क्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए।

अन्त्यमा अध्यक्ष लामाले शिक्षाको क्षेत्रमा समर्पित भएर खटिएका शिक्षक, विद्यार्थी र पालिका टोलिलाई धन्यवाद ज्ञापन गर्दै सामुदायिक विद्यालयको सुधारमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

धेरै पढिएको

सम्बन्धित समाचार