गोकर्णेश्वर लाइट एकेडेमीको अर्को सफलता, जिल्ला स्तरीय वक्तृत्वकलामा निकिशा थापाको उत्कृष्ट प्रदर्शन
Advertisement 1

काठमाडौं, असार १ — गोकर्णेश्वर लाइट एकेडेमीले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा आफ्नो उत्कृष्टताको निरन्तरता कायम राख्दै अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ। काठमाडौं प्याब्सनद्वारा आयोजित “कृत्रिम बुद्धिमत्ता (AI): अवसर र चुनौती” विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यालयकी छात्रा निकिशा थापाले उत्कृष्ट स्थान हासिल गरेकी छन्।
जिल्लाभरबाट सहभागी ४५ जना प्रतिस्पर्धीबीच सम्पन्न उक्त प्रतियोगितामा निकिशाले आत्मविश्वासपूर्ण प्रस्तुति, प्रभावशाली अभिव्यक्ति तथा विषयवस्तुमाथिको गहिरो बुझाइ प्रस्तुत गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी हुन्। उनको उत्कृष्ट प्रदर्शनले विद्यालयलाई थप गौरवान्वित बनाएको छ।

विद्यालयका अनुसार यस उपलब्धिले गोकर्णेश्वर लाइट एकेडेमीले विद्यार्थीहरूको बौद्धिक, सिर्जनात्मक तथा नेतृत्व क्षमताको विकासमा गर्दै आएको निरन्तर प्रयासको सकारात्मक परिणामलाई उजागर गरेको छ। विद्यालयले छात्रा निकिशा थापालाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।
साथै, प्रतियोगिताका लागि आवश्यक मार्गदर्शन, प्रेरणा तथा सहयोग प्रदान गर्ने शिक्षकद्वय राज घिमिरे र पशुपति सापकोटा प्रति विद्यालयले विशेष आभार व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक सौर्यनाथ आचार्य, स्कुल इन्चार्ज मधुसुदन ढुङाना, कोअर्डिनेटर सञ्जय खनाल तथा सम्पूर्ण विद्यालय प्रशासनले यस सफलताले विद्यालयको प्रतिष्ठा अझ उचो बनाएको उल्लेख गर्दै छात्रा निकिशाको उज्ज्वल भविष्यको कामना गरेका छन्।



प्रतिक्रिया दिनुहोस्