रिलायन्स कलेजद्वारा आयोजित राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक
Advertisement 1

काठमाडौं । विद्यार्थीहरूमा सिर्जनशील सोच, विश्लेषणात्मक क्षमता तथा प्रभावशाली लेखनकलाको विकास गर्ने उद्देश्यले रिलायन्स कलेजले आयोजना गरेको ‘राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिता’को नतिजा सार्वजनिक गरिएको छ। देशभरका विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न प्रतियोगितामा सातै प्रदेशका ३७ जिल्लाबाट कुल ४८७ वटा निबन्ध प्राप्त भएको कलेजले जनाएको छ।

प्रतियोगितामा काठमाडौं जिल्लाको कान्ति भैरव सेकेन्डरी स्कुलका अनुपम भण्डारी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। त्यसैगरी, काठमाडौं उपत्यकाअन्तर्गत ललितपुर जिल्लाको न्यू क्यासल स्कुलकी बिजया लक्ष्मी शर्मा द्वितीय तथा सिन्धुपाल्चोक जिल्लाको तेर्से सेकेन्डरी स्कुलकी राधिका जोति तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएको छ।
यसका साथै देशका विभिन्न जिल्लाबाट सहभागी भएका अन्य १० जना विद्यार्थीहरूले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको कलेजले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रस्तुत गरेका निबन्धहरू सिर्जनात्मकता, समसामयिक विषयप्रतिको बुझाइ तथा गहिरो अभिव्यक्तिका कारण अत्यन्त प्रभावशाली रहेको आयोजकको भनाइ छ।
रिलायन्स कलेजले उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। कलेजका अनुसार केही दिनभित्र कलेजको सभाहलमा विशेष पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा विजेता विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने बताइएको छ।
कलेज प्रशासनले विजेता विद्यार्थीहरूलाई आवश्यक समन्वयका लागि कलेजको सम्पर्कमा आउन अनुरोध गरेको छ। थप जानकारीका लागि ९८४१९०८१७३ मा सम्पर्क गर्न सकिने जनाएको छ।
विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनलाई निरन्तर प्राथमिकतामा राख्दै आएको रिलायन्स कलेजले यस्ता राष्ट्रव्यापी प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्