रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भक्तपुर शाखाद्वारा अभिकर्ता सम्पन्न तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

भक्तपुर, भदौ १४ –
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, भक्तपुर शाखाले अभिकर्ता सम्पन्न तथा पुनर्ताजगी कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रममा जीवन बीमाको पहुँच दुरदराजका समुदायमा पुर्याउने, अभिकर्तालाई अझ सकृय बनाउने र बीमाबारे नयाँ जानकारी दिने उद्देश्य रह्यो।
कार्यक्रमको संयोजन
कार्यक्रमको सभाध्यक्ष रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाका प्रबन्धक बलराम लामिछाने रहनु भएको थियो। कार्यक्रममा शाखाकी मार्केटिङ कर्मचारी मिना सुवालले स्वागत मन्तव्य दिनुभयो भने कार्यक्रमको सञ्चालन मार्केटिङ कर्मचारी नम्रता पकुवालले गर्नुभएको थियो ।

योगदान दिनेहरूलाई सम्मान
गत आर्थिक वर्षमा उत्कृष्ट उपलब्धि हासिल गरेका MDRT रबिन ख्वालेपाल, MDRT भुपेन्द्र बस्नेतसहित नौ जना सिनियर एजेन्सी म्यानेजरलाई विशेष सम्मान गरिएको थियो। उनीहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गर्दै आगामी दिनमा अझ व्यवसायिक प्रगति गर्न प्रोत्साहित गरिएको थियो। शाखा प्रमुख लामिछानेले सम्मानितहरूलाई बधाई दिँदै भन्नुभयो “हामीले उत्कृष्ट कार्य गर्ने अभिकर्ता र म्यानेजरलाई सम्मान गरेर मात्र सीमित छैनौँ, यो अरूका लागि पनि उदाहरण बन्ने प्रेरणा हो। अभिकर्ता नै हाम्रो बीमा अभियानको मेरुदण्ड हुन्।”
प्रशिक्षण र मार्गदर्शन
कार्यक्रमका प्रमुख अतिथि अन्डरराइटिङ हेड कल्याणराज हल्वाई र क्षेत्रीय प्रमुख राजकुमार गिरीले प्रशिक्षण दिनुभयो। प्रशिक्षणमार्फत जीवन बीमाका नयाँ अभ्यास, व्यवसाय विस्तार गर्ने तरिका, अभिकर्ताको भूमिका र भविष्यको सम्भावना बारेमा जानकारी दिइयो।

क्षेत्रीय प्रमुख राजकुमार गिरीले भने “बीमा व्यवसाय शहरमा मात्रै सीमित भएर पुग्दैन। हाम्रो बीमा दुरदराजका गाउँ–बस्तीमा पुग्नुपर्छ। अभिकर्ता नै त्यसको मुख्य सेतु हुन्। अभिकर्ता सक्रिय भए बीमा प्रत्येक परिवारमासभाध्यक्ष लामिछानेको भनाइ
कार्यक्रमका सभाध्यक्ष तथा शाखा प्रबन्धक बलराम लामिछानेले जीवन बीमालाई समाजमा बचत र सुरक्षा संस्कृतिको आधारभूत खम्बा भन्दै भन्नुभयो “जीवन बीमा केवल आकस्मिक अवस्थामा काम लाग्ने सुरक्षा होइन, यसले भविष्य सुरक्षित गर्छ, वित्तीय अनुशासन ल्याउँछ र परिवारलाई आत्मविश्वासी बनाउँछ।”

उहाँले थप्नुभयो “हाम्रो लक्ष्य ‘एक घर, एक अभिकर्ता’ अभियानलाई व्यवहारमा उतार्ने हो। यसमार्फत बेरोजगार युवा, गृहिणी तथा स्वरोजगार खोजिरहेका सबैलाई बीमा व्यवसायमा संलग्न गराई आत्मनिर्भर बनाउन सकिन्छ। यो केवल बीमा अभियान मात्र होइन, सामाजिक रुपान्तरणको अभियान हो।”
भावी योजना र प्राथमिकता

भक्तपुर शाखाले आगामी दिनमा जीवन बीमा शिक्षा समुदाय–समुदायमा पुर्याउने, विलासी तथा फजुल खर्च कम गरेर बचतलाई जीवन बीमामा लगानी गर्न प्रेरित गर्ने, MDRT, एजेन्सी म्यानेजर र अभिकर्ताको संख्यामा वृद्धि गर्ने योजना सार्वजनिक गरेको छ। साथै अभिकर्ता तथा बीमितका गुनासाे छिटो सुन्ने र समाधान गर्ने प्रणालीलाई अझ सशक्त बनाउने प्रतिवद्धता शाखाले लिएको छ।

शाखा प्रमुख लामिछानेका अनुसार, “आगामी वर्ष हामी भक्तपुर शाखाको लक्ष्य सहजै हासिल गर्नेछौं। MDRT र एजेंसी म्यानेजरहरू अभिकर्तासँगै मैदानमा सक्रिय हुनेछन् र हामीले अझ धेरै बीमितहरूलाई समेट्नेछौं।”

कार्यक्रममा सहभागिता जनाएका कर्मचारी, सिनियर एजेन्सी म्यानेजर, अभिकर्ता र सम्मानित अतिथिहरूको उपस्थिति उल्लेखनीय थियो। समग्रमा, यस कार्यक्रममा बीमा व्यवसायलाई अझ प्रभावकारी बनाउन अभिकर्ता, कर्मचारी र बीमितबीच सहकार्य आवश्यक छ भन्ने सन्देश दिइयो।
भक्तपुर शाखाले यस कार्यक्रममार्फत जीवन बीमा केवल वित्तीय उत्पादन मात्र नभई सुरक्षित भविष्य, आत्मनिर्भर समाज र अनुशासित जीवनशैली निर्माण गर्ने अभियान हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ।



प्रतिक्रिया दिनुहोस्