SEE Appeared विद्यार्थी लक्षित राष्ट्रव्यापी निबन्ध प्रतियोगिता हुँदै
Advertisement 1
काठमाडौं — Reliance International Academy ले ‘६औं रिलायन्स राष्ट्रव्यापी SEE निबन्ध प्रतियोगिता’ आयोजना गर्ने घोषणा गरेको छ। देशभरका SEE परीक्षामा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको उक्त प्रतियोगिताले सुशासन र भ्रष्टाचारमुक्त नेपालको विषयमा विद्यार्थीहरूको सोच, विश्लेषण र अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।
प्रतियोगिताको विषय “समयको माग : सुशासन र भ्रष्टाचारमुक्त नेपाल” (The need of the time: Good governance and a corruption-free Nepal) राखिएको छ। सहभागी विद्यार्थीहरूले नेपाली वा अंग्रेजी भाषामा ३०० शब्दभित्र निबन्ध लेख्नुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूका लागि आकर्षक नगद पुरस्कार तथा छात्रवृत्तिको व्यवस्था गरिएको छ। प्रथम हुनेले १५ हजार रुपैयाँ नगदसहित भर्ना र ट्युसन शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्नेछन्। द्वितीय हुनेलाई १० हजार रुपैयाँ नगदसहित भर्ना र ९ महिनाको ट्युसन शुल्क छुट, तथा तृतीय हुनेलाई ६ हजार रुपैयाँ नगदसहित भर्ना र ६ महिनाको ट्युसन शुल्क छुट प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट १० जना सहभागीलाई सान्त्वना पुरस्कारस्वरूप २,५०० रुपैयाँ नगद र भर्नामा ५० प्रतिशत तथा २ महिनाको ट्युसन शुल्क छुट प्रदान गरिनेछ।
निबन्ध पठाउने मिति वैशाख १ गतेदेखि वैशाख ३० गते २०८३ सम्म तोकिएको छ भने नतिजा जेठ ७ गते कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ।
सहभागी विद्यार्थीहरूले आफ्नो पूरा विवरण (नाम, विद्यालयको नाम, जिल्ला र सम्पर्क नम्बर) सहित निबन्ध oca.cca@rin.edu.np मा पठाउनुपर्नेछ।
सारस्वतीनगर, चाबहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले सञ्चालन गर्दै आएको यो प्रतियोगिता विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, सामाजिक चेतना विकास तथा जिम्मेवार नागरिक निर्माणतर्फ महत्वपूर्ण पहलका रूपमा लिइएको छ।



प्रतिक्रिया दिनुहोस्