२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

रिलायन्स पब्लिक स्कुलका ११ विद्यार्थीलाई ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्ड

१ दिन अगाडि

रिलायन्स पब्लिक स्कुलका ११ विद्यार्थीलाई ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्ड

Advertisement 1


काठमाडौं — बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनस्थित विवेकचोकमा रहेको रिलायन्स पब्लिक स्कुलका ११ जना विद्यार्थीले विश्व प्रतिष्ठित ‘ड्युक अफ एडिनबर्ग इन्टरनेशनल अवार्ड’ प्राप्त गरेका छन्।
उक्त अवार्डमध्ये आयुष तामाङले सिल्भर अवार्ड हासिल गरेका छन् भने अन्य १० जना विद्यार्थीले ब्रोज अवार्ड प्राप्त गर्न सफल भएका छन्। अवार्ड वितरण समारोह ब्रिटिस राजदूत माननीय रोब फेनको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।
यस अवार्डअन्तर्गत विद्यार्थीहरूले आफैले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्दै शारीरिक क्रियाकलाप, सीप विकास, स्वयंसेवा तथा साहसिक यात्राजस्ता क्षेत्रमा निरन्तर मेहनत र दृढता प्रदर्शन गरेका थिए। सोही आधारमा उनीहरूलाई सम्मानित गरिएको हो।
विद्यालयका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेतृत्व क्षमता विकास, सहकार्य र सहभागिताको भावना विस्तार, तथा व्यक्तित्व र मानवीय संवेदनाको उच्च विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
यस अवार्डमार्फत सहभागी विद्यार्थीहरूले नेतृत्व, टोलीकार्य, सञ्चार, समस्या समाधान, आत्मअनुशासन जस्ता जीवनोपयोगी सीपहरू समेत विकास गरेका छन्। विद्यालयले यस्तो अन्तर्राष्ट्रिय स्तरको उपलब्धिले विद्यार्थीहरूको व्यक्तिगत विकास र उत्कृष्टताप्रतिको समर्पणलाई अझ सशक्त बनाएको विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार