२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

शिक्षा क्षेत्रमा स्पष्टता खोज्दै ‘स्कुल एजुकेशन’ विषयमा प्यानल डिस्कसन हुँदै

२५ सेकेन्ड अगाडि

नीतिगत अन्योलबीच विद्यालय शिक्षामा बहस आवश्यक: भवानीप्रसाद पौडेल

Advertisement 1

 

काठमाडौं — विद्यालय शिक्षामा देखिएका चुनौती, अन्योल र सुधारका सम्भावनाबारे गहन छलफल हुने भएको छ। कलेज रिडर्सको आयोजनामा “School Education: Challenges and Probable Way Forward” शीर्षकमा प्यानल डिस्कसन कार्यक्रम सञ्चालन हुन लागेको हो।
उक्त कार्यक्रम यही वैशाख ६ गते दिउँसो ३ बजेदेखि काठमाडौंको धोबिधारास्थित कुमारी हल, इस्लिङ्टन कलेजमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम HISSAN, PABSON र N-PABSAN सँगको सहकार्यमा हुन लागेको हो।


आयोजकका अनुसार पछिल्ला समय सरकारका नीतिगत परिवर्तन, अभिभावक तथा विद्यार्थीबीच बढ्दो चासो, र संस्थागत शिक्षामा देखिएका विविध समस्याका बीच यो कार्यक्रमले स्पष्टता र व्यावसायिक दृष्टिकोण प्रदान गर्ने लक्ष्य राखेको छ। विद्यालय शिक्षाको वर्तमान अवस्था, चुनौतीहरू र सुधारका सम्भावित उपायहरूबारे विज्ञहरूबीच खुला बहस हुने बताइएको छ।
आयोजक समिति संयोजक भवानीप्रसाद पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै भने, “हाल विद्यालय शिक्षामा विभिन्न किसिमका अन्योल र चुनौतीहरू देखिएका छन्। यस्ता विषयमा सरोकारवाला सबै पक्षबीच खुला छलफल हुन जरुरी छ। यस प्यानल डिस्कसनमार्फत हामीले स्पष्ट धारणा, व्यावहारिक समाधान र भविष्यको मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरेका छौँ।”
उनले थपे, “शिक्षा क्षेत्रमा भइरहेका नीतिगत परिवर्तनले अभिभावक, विद्यार्थी र संस्थागत विद्यालयहरूमा विभिन्न प्रश्नहरू उठाएका छन्। यस्ता विषयलाई जिम्मेवार ढंगले सार्वजनिक बहसमा ल्याउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। त्यसैले हामी सम्पूर्ण सञ्चारमाध्यमलाई कार्यक्रममा सहभागी भई यसलाई व्यापक रूपमा जनतामाझ पुर्‍याउन अनुरोध गर्दछौं।”
कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएका जटिल विषयहरूलाई सार्वजनिक बहसमा ल्याई नीति निर्माण तथा सुधार प्रक्रियामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार