२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

गोकर्णेश्वर लाइट एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

३ हप्ता अगाडि

गोकर्णेश्वर लाइट एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

Advertisement 1

काठमाडौँ — गोकर्णेश्वर लाइट एकेडेमीमा कक्षा १० का विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा (SEE) को सफलताको कामना गर्दै भव्य बिदाइ कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले विशेष शुभकामना मन्तव्य दिँदै विद्यार्थीहरूको मेहनत र लगनशीलताप्रति विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विगतमा झैँ यस वर्ष पनि ५० हजार रुपैयाँ नगद पुरस्कार तथा +२ का लागि निःशुल्क छात्रवृत्तिमा सिफारिस गरिने जानकारी दिनुभयो ।


कार्यक्रममा शिक्षक, कर्मचारी, कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कोअर्डिनेटरद्वय सन्जय खनाल र राज घिमिरेले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन महत्वपूर्ण समन्वयात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालयले ‘निरन्तरतामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रसहित विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ। कार्यक्रमले विद्यार्थीहरूबिच भावनात्मक सम्बन्ध अझ सुदृढ बनाउँदै आगामी परीक्षाका लागि सकारात्मक ऊर्जा प्रदान गरेको सहभागी विद्यार्थीहरूले बताएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार