
Advertisement 1
काठमाडौं — Reliance International Academy द्वारा +2 तहका विद्यार्थीहरूलाई लक्षित गर्दै “RIA Inter SEE Basketball Tournament” आयोजना गर्ने भएको छ। प्रतियोगिता छात्र तथा छात्रा दुबै टिमका लागि खुला गरिएको आयोजकले जनाएको छ।
विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख रुपैयाँ निर्धारण गरिएको छ, जसले सहभागी टिमहरूबीच प्रतिस्पर्धालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि आवेदन फारम बुझाउने अन्तिम मिति वैशाख १६ गतेसम्म तोकिएको छ भने खेलहरू वैशाख १८ र १९ गते सञ्चालन हुनेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ५०० रुपैयाँ कन्फर्मेसन शुल्क बुझाउनुपर्नेछ। खेलहरू काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेज मैदानमा सञ्चालन गरिने जनाइएको छ।
यस प्रतियोगिताको अर्को विशेष पक्ष भनेको उत्कृष्ट खेलाडीहरूका लागि आकर्षक छात्रवृत्ति योजना पनि रहेको हो। फाइनलमा पुग्ने दुई जना खेलाडीलाई व्यवस्थापन (Management) तर्फ ६३ हजार रुपैयाँ र विज्ञान (Science) तर्फ ८९ हजार ५०० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी (Best Player) र सर्वाधिक स्कोरर (Highest Scorer) लाई १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको छ।
विद्यालयले यस प्रतियोगितामार्फत SEE सकेका विद्यार्थीहरूलाई खेलकुदमार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यको शैक्षिक यात्रामा सहयोग पुर्याउने लक्ष्य राखेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्