२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर २०२६’ बाट सम्मानित

५ दिन अगाडि

Advertisement 1

रञ्जना प्रधान ‘प्रिन्सिपल अफ द इयर २०२६’ बाट सम्मानित


काठमाडौं — ललितपुरस्थित नाइटिङ्गेल इन्टरनेशनल सेकन्डरी स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान ‘एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६’ अन्तर्गत ‘प्रिन्सिपल अफ द इयर’ बाट सम्मानित भएकी छन्। शिक्षा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदान, नेतृत्वदक्षता र शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।
‘शेपिङ फ्युचर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। शिक्षा दैनिकद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा देशभरका प्रतिष्ठित विद्यालय, शिक्षक तथा शिक्षा क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


रञ्जना प्रधानले आफ्नो नेतृत्वमा नाइटिङ्गेल इन्टरनेशनल सेकन्डरी स्कुललाई गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाका रूपमा स्थापित गर्दै आएका छन्। विद्यालयमा नविनतम शिक्षण पद्धति, विद्यार्थीमैत्री वातावरण र समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको उनको प्रयासले विद्यालयलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ।


अवार्ड ग्रहण गर्दै प्रधानले यस सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा शिक्षा क्षेत्रमा थप नवप्रवर्तन र उत्कृष्टता ल्याउने प्रतिबद्धता व्यक्त गरिन्। उनले सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको सहयोग बिना यस्तो उपलब्धि सम्भव नहुने उल्लेख गरिन्।
शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गर्दै आयोजना गरिएको ‘एजुकेशन एक्सिलेन्स अवार्ड्स २०२६’ ले गुणस्तरीय शिक्षा प्रवर्द्धन र नविनतम अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार