२०८३ बैशाख ४ शुक्रबार
नेपाली समय

गोकर्नेश्वर लाइट एकेडेमी (GLA) मा UKG दीक्षान्त समारोह सम्पन्न

६ दिन अगाडि

गोकर्नेश्वर लाइट एकेडेमी (GLA) मा UKG दीक्षान्त समारोह सम्पन्न

Advertisement 1

साना पाइला, ठूला सपनातर्फको प्रेरणादायी उडान

काठमाडौँ/ गोकर्णेश्वर लाइट एकेडेमीमा कक्षा UKG का नानीबाबुहरूको वार्षिक परीक्षाफल प्रकाशन तथा दीक्षान्त समारोह २०८२ हर्षोल्लासका साथ आज सम्पन्न भएको छ। कार्यक्रमले साना विद्यार्थीहरूको मेहनत, सिकाइ र उज्ज्वल भविष्यप्रतिको पहिलो औपचारिक कदमलाई विशेष रूपमा उजागर गरेको थियो।
समारोहमा नानीबाबुहरूको अनुहारमा देखिएको खुशी, अभिभावकको आँखामा देखिएको गर्व र भावनाले वातावरण नै भावुक बनेको थियो। साना पाइला हुँदै भविष्यका ठूला सपनातर्फ अघि बढिरहेका यी विद्यार्थीहरूका लागि यो कार्यक्रम एउटा महत्वपूर्ण उपलब्धि बनेको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रम शिक्षिका सुनिता खड्काको सुसञ्चालनमा सम्पन्न भएको थियो भने प्रधानाध्यापक सौर्यनाथ आचार्यको सभापतित्व तथा विशेष सम्बोधन रहेको थियो।


प्रधानाध्यापक आचार्यले आफ्नो सम्बोधनमा भन्नुभयो , “आजका यी साना नानीबाबुहरू भोलिका सक्षम नागरिक हुन्। उनीहरूलाई सानैदेखि सही मार्गदर्शन, माया र प्रेरणा दिन सके भविष्य अवश्य उज्ज्वल हुन्छ। आजको यो दीक्षान्त उनीहरूको जीवनको पहिलो उपलब्धि मात्र होइन, ठूलो यात्राको सुरुवात पनि हो।”

Advertisement 3


यसैगरी, प्रि–प्राइमरी कोअर्डिनेटर तथा लेखा शाखा प्रमुख एलिना रिजालले स्वागत मन्तव्यका क्रममा भन्नुभयो , “यी नानीबाबुहरूको सिकाइ यात्रा अत्यन्तै महत्वपूर्ण चरणमा छ। खेल्दै, रमाउँदै सिक्ने वातावरणले उनीहरूमा आत्मविश्वास र सृजनशीलता विकास गरेको छ। हामी उनीहरूको आगामी यात्राका लागि निरन्तर साथ र सहयोग गर्दै जानेछौँ।”
कार्यक्रममा कोअर्डिनेटरद्वय सञ्जय खनाल र राज घिमिरे, साथै लेखा शाखा प्रमुख कल्पना खनालको विशेष आतिथ्य रहेको थियो।
UKG का विद्यार्थीहरूले स्वागत मन्तव्य, नृत्य, गीत लगायतका विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गर्दै उपस्थित सबैको मन जितेका थिए। कार्यक्रमको अन्त्यमा नानीबाबुहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो, जसले उनीहरूको मेहनत र उपलब्धिलाई सम्मान गरेको थियो।


विद्यालयले दीक्षान्त समारोहमार्फत साना विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्दै उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने लक्ष्य राखेको विद्यालयले जनाएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार