कुपोन्डोलको नाइटिङ्गेल स्कुल: आधुनिक, व्यवहारिक र आत्मीय शिक्षाको उत्कृष्ट गन्तव्य
Advertisement 1

काठमाडौं । ललितपुरको कुपोन्डोलमा अवस्थित नाइटिङ्गेल स्कुल लामो समयदेखि शैक्षिक क्षेत्रमा परिचित र विश्वासिलो नामका रूपमा स्थापित हुँदै आएको छ। गुणस्तरीय, समय–सान्दर्भिक र व्यवहारिक शिक्षामा जोड दिँदै आएको यस विद्यालयले नयाँ शैक्षिक सत्रका लागि प्लेग्रुपदेखि कक्षा ६ सम्म भर्ना खुला गरेको छ। विद्यालयले बालबालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै शिक्षण प्रणालीलाई निरन्तर सुधार र परिमार्जन गर्दै आएको जनाएको छ।
विद्यालयकी प्रिन्सिपल रञ्जना प्रधान, जो शैक्षिक क्षेत्रकी एक अनुभवी र प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ, ले नाइटिङ्गेल स्कुलको विशेषता बारे बताउँदै भन्नुभयो, “हामीले समयअनुसार परिवर्तनशील र जीवनोपयोगी शिक्षा दिनु हाम्रो प्राथमिकता हो। विद्यार्थीहरूलाई केवल किताबमा सीमित राख्ने होइन, उनीहरूलाई व्यवहारिक ज्ञान, सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने वातावरण प्रदान गर्नु हाम्रो लक्ष्य हो।”
Advertisement 2

उहाँका अनुसार विद्यालयले ‘स्कुल भनेको दोस्रो घर हो’ भन्ने अवधारणालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई घरजस्तै आत्मीय, सुरक्षित र सहयोगी वातावरणमा शिक्षा दिने प्रयास गरेको छ। “हामीकहाँ विद्यार्थीहरू डर होइन, आत्मीयता र उत्साहका साथ सिक्छन्। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध पनि परिवारजस्तै नजिकको हुन्छ,” प्रधानले भन्नुभयो।
नाइटिङ्गेल स्कुलले आधुनिक शिक्षण विधि, प्रविधिमैत्री कक्षा, सह–शैक्षिक गतिविधि र जीवनोपयोगी सीप विकासमा विशेष जोड दिँदै आएको छ। सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक शिक्षामा केन्द्रित हुँदै विद्यालयले विद्यार्थीहरूलाई भविष्यमा सक्षम र प्रतिस्पर्धी नागरिक बनाउने दिशामा काम गरिरहेको छ। प्रयोगात्मक सिकाइ, प्रस्तुतीकरण, समूहकार्य र परियोजना–आधारित शिक्षण पद्धतिलाई विद्यालयले विशेष प्राथमिकता दिएको छ।

विद्यालयमा नर्सरी तहदेखि नै बालबालिकालाई अत्यन्तै आत्मीय र होम्ली वातावरणमा अध्यापन गराइँदै आएको छ, जसले उनीहरूलाई सिकाइप्रति सहज, उत्साही र आत्मविश्वासी बनाउने आधार तयार गर्छ। बालमैत्री शिक्षण शैली, व्यक्तिगत ध्यान र व्यवहारिक अभ्यासमार्फत सानै उमेरदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नाइटिङ्गेल स्कुल उपत्यकामा नै एक उदाहरणीय विद्यालयका रूपमा स्थापित हुँदै गएको छ।
विद्यालयले यस वर्ष एसईई परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूलाई विशेष शुभकामना व्यक्त गर्दै निर्धक्क भएर परीक्षा दिन आह्वान गरेको छ। “हाम्रा विद्यार्थीहरूले देखाएको अनुशासन, मेहनत र प्रतिबद्धताप्रति हामी गर्व गर्छौं। परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण मात्र हो, त्यसैले आत्मविश्वासका साथ बिना डर आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्न सबै विद्यार्थीहरूलाई आग्रह गर्दछौं,” प्रिन्सिपल रञ्जना प्रधानले भन्नुभयो।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूका लागि सीमित संख्यामा मेरिट–आधारित छात्रवृत्ति समेत उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुका साथै अभिभावकहरूलाई पनि राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।
Advertisement 3

अन्त्यमा, प्रिन्सिपल रञ्जना प्रधानले सम्पूर्ण अभिभावकहरूलाई नाइटिङ्गेल स्कुलजस्तो उत्कृष्ट शिक्षालयमा आफ्ना बालबालिकालाई भर्ना गराई उनीहरूको भविष्य सुरक्षित र उज्ज्वल बनाउन आग्रह गर्नुभयो। “सही शिक्षा भनेको भविष्यको आधार हो। हामीसँग जोडिएर आफ्ना बालबालिकालाई गुणस्तरीय, व्यवहारिक र आत्मीय शिक्षाको अनुभव दिलाउन हामी हार्दिक निमन्त्रणा गर्दछौं,” उहाँले भन्नुभयो।

समग्रमा, कुपोन्डोलस्थित नाइटिङ्गेल स्कुलले आधुनिक सोच, व्यवहारिक शिक्षण शैली र आत्मीय वातावरणमार्फत आफूलाई एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ। नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला भएसँगै विद्यालयले फेरि एकपटक अभिभावक र विद्यार्थीहरूको ध्यान आकर्षित गरेको छ।



प्रतिक्रिया दिनुहोस्