२०८२ माघ ११ आईतवार
नेपाली समय

भोटेकोसीमा एक हजार १७० बालबालिकालाई न्यानो कपडा वितरण

२ हप्ता अगाडि

भोटेकोसीमा एक हजार १७० बालबालिकालाई न्यानो कपडा वितरण, चीन–नेपाल सम्बन्धको मानवीय उदाहरण

Advertisement 1

सिन्धुपाल्चोक । मित्रराष्ट्र चीनसँग सिमाना गाँसिएको भोटेकोसी गाउँपालिकामा अध्ययनरत कलिला बालबालिकालाई जाडो छल्न न्यानो कपडा वितरण गरिने भएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नामक चिनियाँ संस्थाको आर्थिक सहयोगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय ग्लोबल कोअपरेसन फर डेभलपमेन्टले गाउँपालिकाभरिका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
भोटेकोसी गाउँपालिकाभित्र रहेका २९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा एकदेखि पाँचसम्मका जम्मा एक हजार एक सय ७० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिने भोटेकोशी गाउँपालिकाको शिक्षा शाखा प्रमुख बिनेस कुमार श्रेष्ठले जानकारी  दिए। उनका अनुसार फाउन्डेसनको टोली स्वयं विद्यालय–विद्यालय पुगेर बालबालिकालाई प्रत्यक्ष रुपमा कपडा वितरण गर्ने कार्यक्रम रहेको छ।


प्रत्येक विद्यार्थीले चिनियाँ झोलामा प्याक गरिएको न्यानो ट्रयाक सुट, मोजा, गलबन्दी, पञ्जा र ऊनको टोपी बितरण गरिएको थियोे ।

सामाजिक सेवामा खुशी र आत्मसन्तुष्टि मिल्छ : आङछिरि शेर्पा
स्थानीय समाजसेवी तथा झिर्पु माविका पुर्व अध्यक्ष आङछिरी शेर्पाले यस्तो सामाजिक कार्यले आफूलाई खुसी मात्र नभई आत्मसन्तुष्टि पनि दिएको बताए।
‘हिमाली भेगका बालबालिकाले जाडोमा दुःख नपाउन् भन्ने उद्देश्यले गरिएको यो सहयोग अत्यन्तै मानवीय छ,’ उनले भने, ‘यस्ता काममा सहभागी हुन पाउँदा खुशीसँगै आत्मिक सन्तुष्टि मिल्छ’ शेर्पाले बताए ।

Advertisement 3


त्यस्तै ग्लोबल कोअपरेसन फर डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनीले भोटेकोसीमा आएर कलिला बिद्यार्थीहरुलाओइ सहयोग गर्न पाउदा खुशी भएको र आगामी दिनमा पनि यस्ता सहयोग निरन्तर गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । ‘हामीले भोटेकोसी गाउँपालिकाभर कक्षा एकदेखि पाँचसम्मका बालबालिकाका लागि न्यानो कपडा खरिद गर्न टेन्डर प्रक्रिया गरेका थियौँ,’ उनले भने, ‘ढुवानीबाहेक एक सेट न्यानो कपडाको लागत २ हजार २ सय ३२ रुपैयाँ परेको छ।’
हिमाली भेगका बालबालिकालाई लक्षित गरी चाइना फाउन्डेसनले गरेको यो सहयोगलाई गाउँपालिका अध्यक्ष पासाङ नोर्पु शेर्पाले “पुण्य र मानवीय कार्य” को संज्ञा दिए।
‘नेपाल–चीन सम्बन्ध गहिरो र ऐतिहासिक छ,’ उनले भने, ‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई चीन सरकारले बेलाबेलामा सहयोग गर्दै आएको छ। तर प्रत्यक्ष रुपमा चिनियाँ संस्था यहाँ आएर ग्रामीण भेगका बालबालिकालाई सहयोग गरेको यो पहिलो पटक हो।’


यसअघि चीनको न्यालम र सिँगात्से क्षेत्रीय सरकारले भोटेकोसी गाउँपालिकालाई विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएका थिए। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले भने नेपालका तराई, पहाड तथा केही हिमाली जिल्लामा कृषि, शिक्षा र जनजीविकासँग सम्बन्धित विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।

केही वर्षयता सोरस एक्सन नेपाल र हङकङको सहयोगमा कोदारी र झिर्पु माध्यमिक विद्यालयमा चिनियाँ भाषा कक्षा सञ्चालन हुँदै आएको छ। यही वर्षदेखि धनेश्वरी माध्यमिक विद्यालय, चाकुमा लुम्बिनी विश्वविद्यालयको सहकार्यमा भोटेकोसी गाउँपालिकाले चिनियाँ भाषाको स्नातक तह (ब्याचलर) कक्षा सञ्चालन गरेको छ। हाल भोटेकोसीका नौ जना विद्यार्थी छात्रवृत्तिमा चीनका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनरत छन्।
मार्मिक माध्यमिक विद्यालयमा समेत न्यानो कपडा वितरण गरिएको कार्यक्रममा पूर्व वडा अध्यक्ष सुब्बा लामा, वडा अध्यक्ष दावा शेर्पा, शिक्षा शाखा प्रमुख बिनेस कुमार श्रेष्ठ, ग्लोबल कोअपरेसन फर डेभलपमेन्टका अध्यक्ष मुक्ति मरासिनी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टका अध्यक्ष Zou Zhiqiang रहेका थिए। उनले नेपाल–चीनबीचको मित्रता केवल कूटनीतिक तहमा मात्र नभई जनस्तरमा समेत बलियो बनाउँदै लैजानु फाउन्डेसनको उद्देश्य रहेको बताउनु भएको थियोे ।

धेरै पढिएको

सम्बन्धित समाचार