२०८२ माघ ११ आईतवार
नेपाली समय

नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो, नेतृत्व चयन प्रक्रिया शुरु हुने

२ हप्ता अगाडि

नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बियो, नेतृत्व चयन प्रक्रिया शुरु हुने

Advertisement 1


काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिएको छ। दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पेश प्रतिवेदनमाथि जारी छलफलका कारण महाधिवेशन विस्तार भएको हो।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ। उनले भने, “महामन्त्रीद्वयले पेश गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ र यो क्रम मंगलबार पनि जारी रहनेछ। त्यसपछिमात्रै नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ।”

धेरै पढिएको

सम्बन्धित समाचार