संस्थागत सुदृढीकरणको एजेन्डासहित उद्धव बनको इक्यान केन्द्रीय सदस्यमा दाबी
Advertisement 1

Advertisement 2
Advertisement 3
इक्यान केन्द्रीय सदस्य पदका लागि उद्धव बनको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रीय सदस्य पदका लागि उद्धव बनले उम्मेदवारी घोषणा गरेका छन्। आगामी पुस २८ गते हुने इक्यानको महाधिवेशन तथा २०औँ साधारणसभामार्फत केन्द्रीय सदस्य चयन हुने प्रक्रियामा उनले औपचारिक रूपमा उम्मेदवारी दिएका हुन्।
इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीका अध्यक्षसमेत रहेका बन विगत ६ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी अनलाइन समाचार पोर्टल हाम्रोसंचार डटकमका कार्यकारी निर्देशक तथा समाजसेवीका रूपमा पनि परिचित छन्।
संस्थागत सुदृढीकरण, पेशागत मर्यादाको संरक्षण र इक्यानको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएको बनले बताएका छन्। साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्या केन्द्रीय तहसम्म पुर्याई समाधानमुखी पहल गर्ने, इक्यानलाई अझ सशक्त, व्यवस्थित र प्रभावशाली संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता रहेको छ।
त्यसैगरी विद्यार्थीहरूको भविष्य निर्माणका लागि सही मार्गदर्शन, पारदर्शिता र व्यावसायिक नैतिकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले स्पष्ट पारेका छन्।
हालको कार्यसमितिमा रहेर इक्यानको युके विभागमा कार्य अनुभव बटुलेका बनले विगतको अनुभव र व्यावसायिक निष्ठालाई आत्मसात गर्दै यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उल्लेख गरे।
‘समस्त इक्यानियन मित्रहरूको माया, विश्वास र सहयोगले व्यावसायिक हकहितका लागि निरन्तर काम गर्ने मेरो संकल्प छ,’ उम्मेदवारी घोषणासँगै बनले भने।


प्रतिक्रिया दिनुहोस्