२०८२ माघ १० शनिबार
नेपाली समय

रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा रिदिमा लामा जुनियर एकल नृत्य प्रतियोगितामा प्रथम

४ हप्ता अगाडि

रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा रिदिमा लामा जुनियर एकल नृत्य प्रतियोगितामा प्रथम

Advertisement 1


काठमाडौँ । लेट्स डान्स रियालिटी शोद्वारा २०८२ साल पौष १२ गते सम्पन्न उपत्यकाव्यापी एकल नृत्य प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीकी छात्रा रिदिमा लामाले जुनियर तर्फ प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत रिदिमा लामाले उत्कृष्ट नृत्य प्रस्तुति मार्फत निर्णायक तथा दर्शकको मन जित्दै प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा विजयी भएसँगै उनले नगद रु. ७०,००० (सत्तरी हजार रुपैयाँ) सहित ट्रफी प्राप्त गरेकी छन्।
उनको यस उल्लेखनीय सफलताले विद्यालयको शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिमा रहेको प्रतिभालाई उजागर गर्नुका साथै विद्यालयको गौरवसमेत बढाएको विद्यालय परिवारले जनाएको छ। विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सहपाठीहरूले रिदिमालाई हार्दिक बधाइ दिँदै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।
सानै उमेरमा राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल रिदिमा लामाको यो उपलब्धि अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणादायी बनेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार