२०८२ फाल्गुन २७ बुधबार
नेपाली समय

‘राजा र प्रजा एक हौँ’ भन्दै काठमाडौं २ का स्वतन्त्र उम्मेदवार सिमखडाको अपिल

४ हप्ता अगाडि

थलीदेखि त्रिभुवन विमानस्थलसम्म: राजा स्वागतमा भेला हुन रूपक सिमखडाको आह्वान 

Advertisement 1


काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रुपक सिमखडाले फागुन १ गते पूर्वराजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको स्वागतका लागि सर्वसाधारणलाई उपस्थित हुन आह्वान गरेका छन्। उनले भोलि बिहान ११ बजे थलीमा भेटघाट गरी त्यसपछि दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भेला भई स्वागत कार्यक्रमलाई भव्य बनाउन आग्रह गरेका हुन्।
सिमखडाले “राजा र प्रजा एक हौँ” भन्ने नारासहित देशप्रेम र राष्ट्रिय एकताको सन्देश दिनुपर्ने समय आएको बताएका छन्। उनका अनुसार राष्ट्र, राष्ट्रियता र पहिचानको सवालमा एकजुट भएर शान्तिपूर्ण रूपमा उपस्थित हुनु नै नागरिकको दायित्व हो। उनले सामाजिक सञ्जालमार्फत समेत समर्थक तथा सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।


“फागुन १ गते हामी सबै त्रिभुवन विमानस्थल पुगौँ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,” भन्दै उनले भावनात्मक अपिल गरेका छन्। सिमखडाले देशको वर्तमान अवस्था, राजनीतिक अस्थिरता र जनअपेक्षालाई मध्यनजर गर्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्।
उनका समर्थकहरूका अनुसार कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गरिनेछ। थलीमा प्रारम्भिक भेला पश्चात् सहभागीहरू संयुक्त रूपमा विमानस्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको जनाइएको छ। राजधानीमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै कार्यक्रमलाई अनुशासित र मर्यादित बनाइने आयोजक पक्षले जनाएको छ।
रुपक सिमखडा हाल काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सक्रिय राजनीतिक अभियानमा छन्। पछिल्लो समय उनको पक्षमा जनसमर्थन बढ्दै गएको दाबी उनका समर्थकहरूले गरेका छन्। विभिन्न टोल–समुदायमा भेटघाट, घरदैलो र जनसंवाद कार्यक्रममार्फत उनले आफ्नो प्रभाव विस्तार गरिरहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा उनले वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गरिरहेका छन् र क्षेत्र नम्बर २ मा उनको पक्षमा क्रमशः माहोल बन्दै गएको देखिन्छ।

धेरै पढिएको

सम्बन्धित समाचार