१३५० विद्यार्थीले सोअर्स एक्शन नेपालमार्फत निःशुल्क भाषा शिक्षा पूरा
Advertisement 1

काठमाडौं – अहिलेसम्म जम्मा १,३५० विद्यार्थीहरूले सोअर्स एक्शन नेपालको सहयोगमा निःशुल्क भाषा शिक्षा सफलतापूर्वक पूरा गरेका छन्। तीमध्ये धेरैले अङ्ग्रेजी भाषा सिकेका छन् भने हालका वर्षहरूमा चीनसँग बढ्दो सम्बन्ध, व्यापार, पर्यटन र शैक्षिक अवसरका कारण चिनियाँ भाषा सिक्ने विद्यार्थीहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।
Advertisement 2
नेपालमा चिनियाँ भाषाको महत्त्व दिनानुदिन बढिरहेको छ। चीनमा अध्ययन, रोजगार तथा व्यवसायिक सम्भावना खोज्ने विद्यार्थीहरूको लागि यो भाषा सिकाइ ठूलो अवसर बनेको छ। यसले नेपाल–चीन सम्बन्धलाई अझ घनिष्ट बनाउन योगदान गर्ने सोअर्स एक्शन नेपालले विश्वास लिएको छ।
सोअर्स एक्शन नेपालका अध्यक्ष आचार्य पासाङ वाङ्दी शेर्पाले भने,
“हामीले निःशुल्क रूपमा भाषा शिक्षा उपलब्ध गराउनुको उद्देश्य केवल विद्यार्थीलाई भाषागत दक्षता दिलाउनु मात्र होइन, उनीहरूको भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन हो। विशेषगरी चिनियाँ भाषा सिकाइले विद्यार्थीहरूलाई शैक्षिक, व्यवसायिक र सांस्कृतिक अवसरतर्फ नयाँ ढोका खोल्ने विश्वास गरेका छौं।”
Advertisement 3
उनका अनुसार आगामी दिनमा संस्था अझ धेरै विद्यार्थीलाई समेट्दै ग्रामीण क्षेत्रका युवाहरूलाई समेत भाषा सिकाइमा जोड दिने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस्