२०८२ फाल्गुन २७ बुधबार
नेपाली समय

सिन्धुपाल्चोक-२ मा एमालेको बलियो पकड, शेरबहादुर तामाङ अग्रस्थानमा

१ हप्ता अगाडि

सिन्धुपाल्चोक–२ मा एमालेको बलियो पकड, घरदैलोले बढायो जनविश्वास

Advertisement 1


सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नं. २ मा नेकपा (एमाले)को पकड बलियो बन्दै गएको देखिएको छ। एमालेका उम्मेदवार शेरबहादुर तामाङ यतिबेला चुनावी प्रतिस्पर्धामा अग्रस्थानमा रहेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ। व्यापक घरदैलो अभियान, विकासको एजेण्डा र मतदातासँगको प्रत्यक्ष संवादले उनको पक्षमा माहोल बन्दै गएको स्थानीय विश्लेषकहरू बताउँछन्।
क्षेत्रका विभिन्न गाउँ–बस्तीमा पुगेका तामाङलाई स्थानीयले उत्साहजनक स्वागत गरेका छन्। फूलमाला, खादा र नारासहित गरिएको स्वागतले मतदाताको समर्थन स्पष्ट झल्किएको छ। विशेषगरी विगतमा अघि बढाइएका सडक, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका योजनालाई निरन्तरता दिने प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश पुगेको छ।
घरदैलोका क्रममा मतदाताले उठाएका मुख्य मुद्दा—बाँदर तथा बँदेल नियन्त्रण, किसानलाई राहत, ग्रामीण सडक स्तरोन्नति, रोजगारी सिर्जना—लाई तामाङले आफ्नो प्राथमिक एजेण्डा बनाएका छन्। “जनताको समस्या नै मेरो एजेण्डा हो,” भन्दै उनले कृषि संरक्षण, दिगो विकास र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने योजना अघि सारेका छन्। यसले विशेषगरी किसान, युवा र मध्यमवर्गीय मतदातामा उनको पक्षमा आकर्षण बढेको देखिन्छ।
राजनीतिक रूपमा हेर्दा, सिन्धुपाल्चोक–२ मा एमालेको संगठन सशक्त रहनु, कार्यकर्ताको सक्रियता र तामाङको व्यक्तिगत प्रभावले चुनावी समीकरणलाई उनको पक्षमा झुकाएको आकलन गरिएको छ। टोल–भेला, अन्तरक्रिया र लक्षित समूहसँगको निरन्तर संवादले उनको अभियान थप प्रभावकारी बनेको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक–२ मा प्रतिस्पर्धा रोचक बने पनि हालसम्मको गतिविधि र जनसमर्थनका आधारमा शेरबहादुर तामाङ अग्रस्थानमा रहेको विश्लेषण गरिँदै आएको छ। अबको केही दिनमा चुनावी अभियान अझ तीव्र हुने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार