२०८२ फाल्गुन २८ बिहीबार
नेपाली समय

अन्तर्राष्ट्रिय अवाकस प्रतियोगिताका लागि नेशनल च्याम्पियन कृष्ण तामाङको मलेसिया प्रस्थान

२ हप्ता अगाडि

मलेसियातर्फ प्रस्थान गरे नेशनल च्याम्पियन कृष्ण तामाङ
हिमशृङ्खला एकेडेमीका दुई विद्यार्थी अन्तर्राष्ट्रिय अवाकस प्रतियोगितामा सहभागी हुँदै

Advertisement 1


काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ मा अवस्थित हिम शृङ्खला एकेडेमीका नेशनल च्याम्पियन कृष्ण तामाङ र स्कुल च्याम्पियन रचना तामाङ आज अन्तर्राष्ट्रिय अवाकस प्रतियोगितामा सहभागी हुन मलेसियाको क्लालम्पुरतर्फ प्रस्थान गरेका छन्।
२०८२ साल फागुन १४ गते आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित २२ राष्ट्रका विद्यार्थीहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ। दुवै विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यालय परिवार, अभिभावक तथा शुभेच्छुकहरूले भव्य बिदाइ गरेका थिए।


विशेष केन्द्रमा रहेका छन्—नेशनल च्याम्पियन कृष्ण तामाङ। उनले देशभरका ३०० भन्दा बढी विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय स्तरमा प्रथम स्थान हासिल गरेका थिए। सानै उमेरमा अद्भुत गणनात्मक क्षमता, तीव्र सोचाइ र उच्च एकाग्रताका कारण उनी राष्ट्रिय अवाकस प्रतियोगितामा अब्बल सावित भएका हुन्।
स्कुल च्याम्पियन रचना तामाङले पनि विद्यालयस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थान सुरक्षित गरेकी हुन्। दुवै विद्यार्थी पछिल्ला दिनहरूमा विशेष प्रशिक्षणमा जुटिरहेका थिए।
विद्यालयका प्रिन्सिपल नारायण भक्त श्रेष्ठ पनि विद्यार्थीहरूसँगै मलेसिया प्रस्थान गरेका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु विद्यालयका लागि अत्यन्त गर्वको क्षण भएको बताएका छन्। प्रस्थानअघि उनले भने,
“हाम्रा विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्नु नै ठूलो उपलब्धि हो। विशेषगरी कृष्ण तामाङले ३०० भन्दा बढी विद्यालयलाई उछिन्दै नेशनल च्याम्पियन बन्न सफल हुनु ऐतिहासिक उपलब्धि हो। हामी विश्वस्त छौं, उहाँहरूले मलेसियामा पनि उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ।”


हिम शृङ्खला एकेडेमी विगतदेखि नै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्दै आएको संस्था हो। अन्तर्राष्ट्रिय अवाकस प्रतियोगितामा आफ्ना दुई विद्यार्थी पठाउँदै विद्यालयले फेरि एकपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान सुदृढ बनाएको छ।
नेशनल च्याम्पियन कृष्ण तामाङको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, विद्यालय, अभिभावक र समग्र गोकर्णेश्वर समुदायका लागि गर्वको विषय बनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाले नयाँ कीर्तिमान कायम गर्ने विश्वासका साथ सबैले दुवै विद्यार्थीलाई शुभकामना व्यक्त गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार