
Advertisement 1
दोलखा–काठमाडौँ सम्पर्क समितिद्वारा खड्ग प्रसाद शिवाकोटी चुनाव प्रचार–प्रसार तथा सम्पर्क संयोजक नियुक्त
०००
Advertisement 2
सम्पर्क समितिको जिल्ला कार्यसमिति सदस्यको हैसियतमा खड्गप्रसाद शिवाकोटीलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति बर्मा लामा, केन्द्रीय सदस्यद्वय जिपछिरिङ लामा, प्रतिनिधिसभा उम्मेदवार अजय बाबु शिवाकोटी, समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पा, साथै दोलखा जिल्लाका वरिष्ठ नेता तारा बहादुर कोइराला, उद्धव राज काफ्ले, तारा कुमार खड्का, सरोज शिवाकोटी, सन्तोष पाण्डे, अर्जुन प्रसाद शिवाकोटी, राकेश श्रेष्ठलगायत जिल्लाका प्रायः सबै नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आगामी स्थानीय तहको चुनावमा कालिन्चोक गाउँपालिका अध्यक्षको प्रत्यासी समेत रहेका खड्ग प्रसाद शिवाकोटी २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापनासँगै नेपाली कांग्रेसमा सक्रिय रूपमा आबद्ध भएका हुन्। पार्टीमा लामो समयको निरन्तर त्याग, योगदान र क्रियाशीलतापछि उनले १२औँ महाधिवेशनमार्फत क्रियाशील सदस्यता प्राप्त गरेका थिए।
Advertisement 3

२०७९ सालको निर्वाचनमा मतदाता व्यवस्थापनका लागि कालिञ्चोक–काठमाडौँ सवारी साधन समन्वय (गाडी संयोजक) को जिम्मेवारी पाएका शिवाकोटीले अत्यन्तै मेहनतका साथ उक्त जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए। उनको सक्रिय भूमिकाका कारण तत्कालीन गठबन्धनका उम्मेदवार गंगा काकीको विजय सुनिश्चित हुन पुगेको थियो। सोही योगदानका कारण पार्टीको ध्यान केन्द्रित भई मिति २०८०/३/११ गते बसेको जिल्ला कार्यसमिति बैठकले उनलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको थियो।
त्यसैगरी, दोलखाबाट प्रतिनिधित्व हुने बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागको सदस्यमा पार्टी सभापति आदरणीय बर्मा लामाको एकल सिफारिसमा बागमती प्रदेश सभापति ईन्द्र बानियाबाट शिवाकोटी मनोनित भएका हुन्। प्रदेशकै उत्कृष्ट मानिने उक्त विभागमा रहेर उनले दोलखा जिल्ला र विशेषगरी कालिञ्चोक गाउँपालिकालाई केन्द्रमा राखी संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन्। दोलखा–काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी तथा कालिञ्चोक गाउँपालिकाका सभापति सञ्जिव पाण्डेलाई सभापति बनाउन समेत उनले उल्लेखनीय योगदान दिएको नेताहरूले बताएका छन्।
राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय शिवाकोटी वैदेशिक रोजगार विभाग अन्तर्गत मिति २०८१ साल भदौ १४ गते काठमाडौँको होटल ह्यातमा सम्पन्न निर्वाचनबाट वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको हकहित, कानुनी सचेतना र सेवा प्रवाहमा उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै ‘उज्यालो भविष्य नेपाल’का संस्थापक अध्यक्ष राजन बस्नेतद्वारा काठमाडौँमा आयोजित भव्य कार्यक्रममा तत्कालीन मन्त्री हितमान तामाङबाट सम्मानपत्रसहित सम्मानित गरिएको थियो।
दोलखा–काठमाडौँ सम्पर्क समितिले शिवाकोटीको लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा, व्यवस्थापन क्षमता र सामाजिक सेवामा देखाएको सक्रियतालाई ध्यानमा राख्दै चुनाव प्रचार–प्रसार तथा सम्पर्क संयोजकको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्