वसन्त पञ्चमीको अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीमा भव्य सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रम सम्पन्न
Advertisement 1

शिक्षालाई संस्कार, अनुशासन, सृजनशीलता तथा नैतिक मूल्यसँग जोड्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा प्रतिबद्ध गोकर्णेश्वर लाइट एकेडेमीमा वसन्त पञ्चमीको पावन अवसरमा सरस्वती पूजा, अर्चना तथा अक्षरारम्भ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी श्री सरस्वती माताको आराधनासहित आयोजित कार्यक्रममा नानीबाबुहरूको शैक्षिक यात्रालाई शुभारम्भ गराउने उद्देश्यअनुसार पहिलो अक्षर लेखन (अक्षरारम्भ) गराइएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत बालबालिकामा शिक्षा प्रतिको रुचि अभिवृद्धि गर्नुका साथै संस्कारयुक्त आचरण, अनुशासन र सकारात्मक सोच विकास गराउने लक्ष्य लिइएको विद्यालयले जनाएको छ। वसन्त पञ्चमीलाई शिक्षाको अत्यन्त शुभ दिनका रूपमा लिँदै आयोजना गरिएको यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई थप ऊर्जाशील बनाएको देखिन्थ्यो।
कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल सौर्य आचार्य ले गोकर्णेश्वर लाइट एकेडेमी केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षामा केन्द्रित रहेको बताए।
उनले भने, “बालबालिकाको शिक्षा केवल पाठ्यक्रम पूरा गर्ने विषय होइन, उनीहरूको संस्कार, चरित्र र सोच निर्माण गर्ने प्रक्रिया हो। वसन्त पञ्चमीजस्ता कार्यक्रमले बालमनमा शिक्षाप्रति श्रद्धा र सकारात्मक ऊर्जा भर्न मद्दत गर्छ।”
प्रिन्सिपल आचार्यले विद्यालयले अनुभवी शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण र आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर काम गरिरहेको पनि बताए। “अभिभावक र विद्यालयबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुन्छ,” उनले जोड दिए।
कार्यक्रममा सहभागी सबैका लागि प्रसाद ग्रहणको व्यवस्था गरिएको थियो। यसै अवसरमा विद्यालयले शैक्षिक सत्र २०८२ का लागि Play Group देखि कक्षा ९ सम्म निःशुल्क भर्ना खुला गरिएको जानकारी पनि दिएको छ। सीमित सिटका लागि उपलब्ध उक्त अवसरले अभिभावकहरूको विशेष चासो तानेको विद्यालयको भनाइ छ।
संस्कारयुक्त शिक्षा, गुणस्तरीय पठनपाठन र आधुनिक शिक्षण प्रणालीको समन्वयमार्फत सक्षम, नैतिक र सृजनशील नागरिक उत्पादन गर्ने लक्ष्यसहित गोकर्णेश्वर लाइट एकेडेमी निरन्तर अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्