२०८२ माघ १० शनिबार
नेपाली समय

पूर्व बागमती प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाद्वारा नेकपा एमाले परित्याग

२ दिन अगाडि

नेकपा एमालेका पूर्व बागमती प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाद्वारा पार्टी परित्याग

Advertisement 1

सिन्धुपाल्चोक । नेकपा एमालेका पूर्व बागमती प्रदेश कमिटी सदस्य निमफुन्जो शेर्पाले पार्टी परित्यागको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले आजकै मितिबाट नेकपा एमालेको संगठित सदस्यता नम्बर ५२६३४ सहित पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
गाती–मान्द्राको विकट गाउँमा जन्मिएका शेर्पाले २०४६ सालको जनआन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। आन्दोलनका क्रममा प्रहरी हिरासतसमेत भोगेका उनी पिपुल्स भोलेन्टियर हुँदै नेकपा एमालेको संगठित राजनीतिमा सक्रिय बनेका थिए।
बाह्रविसे र भोटेकोशी क्षेत्रमा एमाले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका शेर्पा स्थानीय तहको पहिलो निर्वाचनबाट संस्थापक मेयरसमेत बनेका थिए। उनले यसलाई व्यक्तिगत नभई पार्टी र कार्यकर्ताको सामूहिक जित भएको उल्लेख गरेका छन्।
तर पार्टीभित्रकै केही व्यक्तिहरूको व्यवहार र कारबाहीले आफू गहिरो मानसिक पीडामा परेको उल्लेख गर्दै, ‘अब आवश्यकता छैन’ भन्ने सन्देशले पार्टीमै बस्न नसकेको उनको भनाइ छ। कमजोरीका नाममा आफ्नो योगदान र क्षमतालाई अस्वीकार गरिएकोप्रति उनले असन्तुष्टि जनाएका छन्।
पार्टी परित्यागअघि उनले एमालेमा रहँदा कसैको मन दुखेको भए हृदयदेखि माफी माग्दै, पार्टी छोडे पनि आफ्नो संघर्ष, त्याग र राजनीतिक इतिहास कसैले मेटाउन नसक्ने स्पष्ट पारेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार