२०८२ माघ १० शनिबार
नेपाली समय

संस्कारयुक्त शिक्षाको सन्देशसहित गोकर्णेश्वर लाइट एकेडेमीमा विशेष कार्यक्रम हुँदै

२ दिन अगाडि

वसन्त पञ्चमीको पावन अवसरमा गोकर्णेश्वर लाइट एकेडेमीमा अक्षरारम्भ र सरस्वती पूजा

Advertisement 1


काठमाडौँ ।
शिक्षालाई संस्कार, अनुशासन, सृजनशीलता तथा नैतिक मूल्यसँग जोड्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा प्रतिबद्ध गोकर्णेश्वर लाइट एकेडेमी ले वसन्त पञ्चमीको पावन अवसरमा विशेष शैक्षिक तथा धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ।
विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी श्री सरस्वती माताको आराधना गर्दै विद्यार्थीहरूको शैक्षिक यात्रालाई शुभारम्भ गराउने उद्देश्यका साथ विद्यालयले सरस्वती पूजा, अर्चना तथा अक्षरारम्भ कार्यक्रम आयोजना गर्न लागेको हो।
विद्यालयका अनुसार उक्त कार्यक्रममार्फत बालबालिकामा शिक्षा प्रतिको रुचि, संस्कारयुक्त आचरण र सकारात्मक सोचको विकास गराउने लक्ष्य लिइएको छ। वसन्त पञ्चमीलाई शिक्षाको शुभ दिनका रूपमा लिँदै नानीबाबुहरूको पहिलो अक्षर लेखन (अक्षरारम्भ) गराइने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
यस शुभ अवसरमा अभिभावकहरूलाई आफ्ना नानीबाबुहरू सहित उपस्थित भई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, अनुभवी शिक्षक समूह तथा आधुनिक शिक्षण प्रणाली को प्रत्यक्ष अनुभूति लिन विद्यालयले हार्दिक अनुरोध गरेको छ। कार्यक्रममा सहभागी सम्पूर्णलाई प्रसाद ग्रहण को समेत व्यवस्था गरिनेछ।
यसै अवसरमा विद्यालयले शैक्षिक सत्र २०८२ का लागि Play Group देखि कक्षा ९ सम्म निःशुल्क भर्ना खुला गरिएको जानकारी पनि दिएको छ। सीमित सिटका लागि खुलाइएको निःशुल्क भर्ना अवसरले अभिभावक तथा विद्यार्थीहरूलाई आकर्षित गर्ने अपेक्षा विद्यालयको छ।
संस्कारयुक्त शिक्षा, गुणस्तरीय पठनपाठन र आधुनिक शिक्षण विधिको समायोजनमार्फत भविष्यका सक्षम, नैतिक र सृजनशील नागरिक उत्पादन गर्ने लक्ष्यसहित गोकर्णेश्वर लाइट एकेडेमी निरन्तर अगाडि बढिरहेको विद्यालय प्रशासनको भनाइ छ।

धेरै पढिएको

सम्बन्धित समाचार