२०८२ माघ १० शनिबार
नेपाली समय

डिजिटल समन्वय, बालमैत्री वातावरण र गुणस्तरीय शिक्षा—मेलम्ची कम्युनिटी स्कुलमा भर्ना खुला

३ दिन अगाडि

आधुनिक शिक्षाको भरोसा—मेलम्ची कम्युनिटी सेकेण्डरी इ. स्कुल

Advertisement 1

 

 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा अवस्थित मेलम्ची कम्युनिटी सेकेण्डरी इ. स्कुल ले नयाँ शैक्षिक सत्र २०८३ का लागि Playgroup देखि कक्षा ९ सम्म भर्ना खुलाएको छ। आधुनिक प्रविधि र संस्कारको सन्तुलित संयोजनलाई मूल मन्त्र बनाएको विद्यालयले परम्परागत शिक्षण पद्धतिभन्दा अघि बढ्दै वैज्ञानिक र विद्यार्थीकेन्द्रित शिक्षामा जोड दिँदै आएको छ। विद्यालयले शैक्षिक गुणस्तरसँगै बालबालिकाको सर्वाङ्गिण विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
विद्यालयमा Audio-Visual Learning, Activity-Based Learning तथा Critical Thinking विकास गर्ने आधुनिक शिक्षण शैली अपनाइएको छ। प्रयोगात्मक अभ्यास, प्रस्तुति र सिर्जनात्मक गतिविधिमार्फत विद्यार्थीलाई ‘किन र कसरी’ भन्ने सोचमा अभ्यस्त गराइन्छ। साथै, बालमैत्री, तनावमुक्त र मायालु वातावरणमा विद्यार्थीहरू रमाउँदै सिक्न सक्ने व्यवस्था गरिएको छ भने अभिभावकसँग डिजिटल माध्यमबाट निरन्तर समन्वय गरिँदै आएको छ।
पठनपाठनसँगै विद्यालयले सुरक्षित यातायात सुविधा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, र दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाको टोली मार्फत गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ। विद्यालय प्रशासनले अभिभावकलाई प्रत्यक्ष विद्यालय भ्रमण गरी वातावरण र शिक्षण प्रणाली बुझ्न आग्रह गर्दै, आफ्ना बालबालिकाको भविष्यलाई आधुनिक शिक्षासँग जोड्न मेलम्ची कम्युनिटी सेकेण्डरी इ. स्कुल रोज्न अनुरोध गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार