काभ्रेपलाञ्चोक–२ मा पर्यटन र रोजगारीको एजेन्डासहित राजन थापाको उम्मेदवारी
Advertisement 1

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा सफल पर्यटन व्यवसायी तथा समाजसेवी राजन थापा ले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। सरल, सहज र मिजासिलो स्वभावका थापा सबैलाई साथमा लिएर अघि बढ्न सक्ने क्षमताका कारण स्थानीय स्तरमै लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन्।
Advertisement 2
स्थानीय नेता तथा कार्यकर्ताहरूका अनुसार थापा स्वास्थ्य, रोजगारी र स्थानीय उत्पादनको प्रवर्द्धनलाई आफ्नो मुख्य प्राथमिकता बनाउँदै आएका छन्। विशेषगरी काभ्रेपलाञ्चोकको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै पर्यटन विकासमार्फत रोजगारी सिर्जना गर्न सकिने उनको स्पष्ट धारणा रहेको छ। पर्यटन व्यवसायमा लामो अनुभव बोकेका थापाले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र युवालाई विदेशिनु नपर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।
समाजसेवामा समेत सक्रिय रहँदै आएका थापा शालीन, सरल र सबै वर्गसँग घुलमिल हुने नेता भएको स्थानीयको भनाइ छ। “राजन थापा जनताको दुःख–सुख बुझ्ने, सुन्ने र समाधान खोज्ने नेता हुन्,” एक स्थानीय कार्यकर्ताले भने, “यसपटक काभ्रेपलाञ्चोक–२ मा विकास र सम्भावनाको राजनीति सुरु हुने अपेक्षा गरेका छौँ।”
Advertisement 3
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले थापालाई उम्मेदवार बनाएसँगै क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको स्थानीयहरूको प्रतिक्रिया छ। पर्यटन, स्वास्थ्य, रोजगारी र उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राखेर अघि बढ्ने उनको एजेन्डाले मतदाताको मन जित्ने विश्वास पार्टी कार्यकर्ताहरूले व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्