सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रमुख दलका उम्मेदवार टुंगो, भोलि मनोनयन
Advertisement 1

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा आगामी निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन्। उम्मेदवार छनोटसँगै जिल्लामा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ।
नेकपा (एमाले) बाट पूर्वमन्त्री शेरबहादुर तामाङ उम्मेदवार चयन भएका छन्। त्यसैगरी नेपाली कांग्रेसबाट बंशलाल तामाङलाई उम्मेदवार बनाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट युवराज दुलाल उम्मेदवार रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अजय श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।
उम्मेदवारको टुंगो लागेसँगै क्षेत्र नं. २ मा दलहरूले संगठन विस्तार, जनसम्पर्क तथा चुनावी रणनीति निर्माणलाई तीव्रता दिएका छन्। स्थानीय तहमा भेटघाट, छलफल र कार्यकर्ता परिचालनसमेत बढ्दै गएको छ।
प्रमुख दलहरूबीच बलियो प्रतिस्पर्धा देखिन थालेकाले यस क्षेत्रको चुनाव रोचक र कडा हुने अनुमान गरिएको छ। भोलि उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्